बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

शुक्रवार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र बिस्तारै सुधारको अवस्थामा रहेको छ । यहीबेला बजारमा देखिएको तरलताको समस्या समाधानको लागि

तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैकलाई आग्रह गरेका छन् । उनका अनुसार बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ । यसलाई तत्काल समाधान गरिएन भने उद्योग व्यवसाय क्षेत्रमा दीर्घकालीन समस्या पुर्‍याउनेछ,” ।

बजारमा देखिएको तरलताको समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताएका छन् ।  यस वर्ष बजेट आउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उनको जिकिर थियो । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै राज्यका हरेक संयन्त्रले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताए ।

“यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो । सफल व्यवसायीहरूले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि वातावरण तयार हुन्छ । विकासोन्मुख देशहरूमा निजी क्षेत्रको भूमिका झन् ठुलो र महत्त्वपूर्ण हुन्छ । यसले ठुलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ, लगानीको लागि रकम जुटाउँछ र सरकारी राजश्वमा महत्त्वपूर्ण योगदान गर्छ,” त्यसैले निजी क्षेत्रसँग सहकार्य गर्दा विकास र आर्थिक वृद्धिमा सहज हुने आफ्नो धारणा व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया