बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

नेपाल चेम्बर अफ कमर्सले कर, राजश्व तथा भन्सार समितिद्वारा भन्सार सहजीकरणको लागि भन्सार विभागलाई सुझाव दिएको जनाएको छ । समितिले भन्सार विभागलाई १३ बुँदे सुझाव पेस हो ।

समितिले भन्सार कार्यालयमा मालसामान सरल र सहज तवरले जाँच पास नभई मालसामानका गाडीहरू धेरै लामो लाइनमा रहेको र भन्सार कार्यालयहरूमा पर्याप्त कर्मचारी समेत नरहेको भन्दै १३ बुँदे सुधारको प्रस्ताव गरेको हो ।

नेपाल चेम्बर अफ कमर्सले विगतदेखि नै वास्तविक कारोबार मूल्यलाई मान्यता दिनुपर्ने व्यवस्था गर्न माग गर्दे आएको छ । त्यस्तै भन्सारको मुख्य काम व्यापार सहजीकरण गर्ने हुनुपर्ने लगायतका विषय राखिएको छ ।

राजश्व संकलनको मेरुदण्ड प्रत्यक्ष कर नीति अन्तर्गत मूल्य अभिवृद्धि कर र आयकर हुनुपर्ने बुँदा उक्त सुझावमा समेटिएको छ । भन्सारले व्यापारीका सामानको मूल्याँकन गर्न कारोबार मूल्यलाई मान्यता दिने र न्यून विजीकरण भएको शंका लागेमा मात्र भन्सार बिन्दुमा नै त्यस्ता सामान खरीदगर्ने अथवा सामान जाँच पास गरेको व्यवस्था गर्न समेत सुझाव पत्रमा उल्लेख गरिएको छ ।

सबै भन्सार कार्यालयहरूमा भुक्तानी गर्न अनलाइन पेमेन्टको व्यवस्था अभिलम्ब गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै भन्सार कार्यालय ड्राइपोर्ट वीरगंजमा भौतिक पूर्वाधार लगायत आवश्यक दक्ष कर्मचारीको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख गरिएको जनाइएको छ ।

चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारबाही गरी भन्सार छली हुने वस्तुको पहिचान गरी ती वस्तुहरू भन्सार नाकाबाटै आयात हुनेगरी नीति निर्माणमा सहजीकरण गर्नुपर्ने सुझाव दिइएको छ ।
भन्सार दरबन्दी र मूल्यांकन कायम गर्दा नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरी खुला सिमानाबाट चोरी पैठारी हुन सक्ने अवस्था समेतलाई विचार गरी छिमेकी मुलुक सरहको दरबन्दी तथा मूल्यांकन कायम गर्नुपर्ने सुझाव दिइएको छ ।

भन्सार विभागको मूल्यांकन समितिको बैठक नियमित हुनुपर्ने र समितिमा निजी क्षेत्र नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि समेत सदस्य रहने व्यवस्था गर्न समेत माग गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया