बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

सन २००४ देखी प्रत्येक दुई वर्षमा नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले आयोजना गर्दे आएको नेपाल फर्मा एक्स्पो यसपटक फागुन ६ देखि ८ गतेसम्म आयोजना गरिने जनाइएको छ । यस अघि फर्मा एक्स्पोको ७ औँ संस्करण चितवनको औद्योगिक प्रदर्शनी केन्द्रमा सम्पन्न गरिएको थियो । त्यसपछिका दिनमा कोरोना संक्रमणले यस प्रकारको औद्योगिक मेला आयोजना हुन सकेको थिएन । यसपटक एक्सपोलाई निरन्तरता दिँदै ८ औँ नेपाल फर्मा एक्स्पो–२०२२ आयोजना गरिने भएको छ । यो देशको एक मात्र उद्योग लक्षित मेला हो ।

संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालका अनुसार एक्सपोका लागि आयोजक कमिटी गढ्न गरी काम अगाडि बढाइएको सकिएको छ । उनले चितवनको प्रदर्शनी केन्द्रमा एक्स्पो हुने जानकारी दिए।

औषधिको उत्पादन प्रविधि, संवेदनशीलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउँदै अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको बरालले जानकारी दिए।

आयोजक कमिटीको सल्लाहकारमा संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, प्रदिपमान वैद्य, प्रदीपजंग पाण्डे, शंकर घिमिरे, उमेशलाल श्रेष्ठ, महेश गोर्खाली, दिपक प्रसाद दाहाल, राधारमण प्रसाद शाह, गजेन्द्र बहादुर भुजु र बालकृष्ण खकुरेल रहेका बताइएको छ ।

यस्तै प्रमुख कोअर्डिनेटरमा जि.नारायण बहादुर क्षेत्री, महेश प्रधान, आर्थिक समितिमा प्रभात रुङ्गाटा, स्वागत र समापनमा विप्लव अधिकारी, स्मारिका प्रकाशनमा प्रदीपकुमार श्रेष्ठ, साइन्टिफिक कमिटीमा सुमित चन्द्र श्रेष्ठ र प्रवन दाहाल, यातायातमा सुदिप प्रधान र गणेश पाठक, सञ्चारमा सन्तोष बराल, खानामा पृथिबिराज भण्डारी र सुदर्शन खयागुइली, भेन्यू म्यानेजमेन्टमा राजु पौडेल, मनोरन्जनमा दिपक तिवडेवाल, पब्लिक रिलेसनमा केदारलाल श्रेष्ठ, दीपेश प्रधान र ऋषि भण्डारी रहेका छन् ।

देशलाई चाहिने अत्यावश्यक औषधि उत्पादनमा हाल यस एप्पोनमा ६५ औषधि उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगले प्रयोगमा ल्याएका नवीन प्रविधि औषधि उत्पादनका प्रक्रिया लगायतका यस क्षेत्रमा गरिएका शेधकार्यका बारेमा छलफल कार्यशाला गोष्ठीको समेत आयोजना गरिने छ ।

 

 

 

तपाईको प्रतिक्रिया