बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

डिलाइट एम एण्ड इ कम्पनीले लामो समय देखि विभिन्न उत्कृष्ट कम्पनीका वस्तु उत्पादनका भवन निर्माणलाई सकुशल सफल पार्दे आएको छ । यसै क्रममा तातकालीन के.पी शर्मा ओलीको पालामा महत्वकांक्षी भनिएको दमक भ्यु टावरमा प्राविधिक सहजीकरणको जिम्मा पाएको हो ।

दमक केन्द्र बिन्दुबाट ६ किलोमिटर मात्र टाढा निर्माणाधीन उक्त भ्यु टावर ७ कट्ठा जमिनमा फैलिएको छ । यो व्यवसायीक भवन उक्त क्षेत्रको पर्यटन विकासको लागि कोशे ढुङगा हुने बताइएको छ । किनकि यो टावर सय मिटर अग्लो र १८ तल्लासम्म निर्माण हुनेछ । यसको १७ औँ तल्लाबाट इलाम, पाँचथरका सुन्दर दृश्य सहित रमणीय हिमश्रंखला देख्न पाइनेछ ।

यसतर्फ भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले स्थानीय धिमाल जातीका मनै लोभ्याउने परिकारहरूको मज्जा लिन पाउने छन् । पर्यटन क्षेत्रमा आवश्यक सम्पूर्ण मनोरञ्जनका साधनले सो भ्यु टावर सुसज्जित पारिनेछ । दमक तथा आसपासका क्षेत्रका लागि प्रमुख व्यवसायीक भवनको रूपमा प्रयोगमा आउनेछ ।

यसमा सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट, स्वदेशी तथा विदेशी कम्पनीका कार्यालय लगायत बैंक वित्तीय संस्थाका कार्यालय समेत रहने हुनाले प्रत्येक दृष्टिकोणबाट यसले अब्बल व्यवसायीक भवनको पहिचान पाउने छ ।
भ्यु टावरमा आउने पाहुनाहरूको मनोरञ्जनका लागि पोखरी , चिल्ड्रेन पार्क सहित पर्याप्त पार्किङको व्यवस्था रहने शहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।

टावर

यस टावर निर्माणको को कुल बजेट १.५ अर्बको रहेको छ । भौतिक निर्माण प्रगति ४० प्रतिशत सकिएको छ , त्यस्तै आगामी २०७९ सालसम्म परियोजना सकिने गरी धमा–धम निर्माण कार्यले गति पाएको शहरी तथा भवन निर्माण कार्यालयको दाबी छ । उक्त टावर निर्माणको जिम्मा चीनको जेट–झी तथा नेपालको तर्फबाट ओम साईँराम निर्माण कम्पनीले संयुक्तरुपमा सम्पन्न गर्नेछन् ।

डिलाइट एम एण्ड इ ले औद्योगिक तथा व्यवसायीक भवनलाई आवश्यकपर्ने हिटिङ–भेन्टिलेसन सहित कुशल वस्तु उत्पादनमा आवश्यकपर्ने सम्पूर्ण उपकरण र सामाग्रीको आपूर्ति गर्दे आएको छ । यस प्रकारका व्यवसायीक भवनमा सुरक्षा संयन्त्र लगायतका उपकरण प्रयोगमा आउने गर्दछ । उता भवनलाई वातानाकुलीत बनाउने सम्पूर्ण जिम्मा पाएको छ ।

डिलाइटले पछिल्लो पटक आइडियल,केवा,ग्रेस,एटोम,कान्तिपुर लगायतका आधा दर्जन भन्दा बढी औषधि उद्योग निर्माण तथा सम्पूर्ण संयन्त्रको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याउन सहयोगी बनेको हो । त्यस्तै नोबेल मेडिकल कलेज हस्पिटल लगायतका स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण भौतिक निर्माणलाई समयमा सम्पन्न गरी हस्तान्तरण गरिएको बताइएको छ ।

दमक भ्यु टावरमा डिलाइट एम एण्ड इ को प्राविधिक साझेदारी रहेनछ छ । टावरलाई प्रविधि मार्फत स्तरीकरणगरी यो निर्माण एक उत्कृष्ट परियोजनामा रूपान्तरण हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया