बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

इलेक्ट्रिक कारपछि इलेक्ट्रिक मोटरसाइकल नेपाली भित्रिने क्रमले तीब्र गति पाउने भएको छ । यसका साथै विद्युतीय सवारी साधनको प्रयोग बढाउन चौतर्फी प्रयास भइरहेका छन् । स्कुटर सेग्मेन्टमा एक दर्जनभन्दा बढी ब्राण्डले आफ्ना उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

नेपाली युवाहरूले निर्माण गरेको यात्री ब्राण्डले चाँडै आफ्ना दुई मोडलका मोटरसाइकल नै विक्री सुरु गर्ने तयारी गरिरहेका छन् । यस्तोमा बजारमा इलेक्ट्रिक मोटरसाइकलको माग पनि बढ्दै जाने विश्वास गर्न सकिन्छ ।

सुपर शोकोले टीएसएक्स र टीसी सिरिजमा आफ्ना ५ मोटरसाइकल विक्री गर्दै आएको छ । डिलाइफ स्टाइल आधिकारिक विक्रेता रहेको सुपर शोको टीएसएक्स सिंगल ब्याट्री र डबल ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । टीसी मोडल पनि सिंगल र डबल ब्याट्री अप्सनमा आफ्नो आवश्यकता अनुसार ग्राहकले छनोट गर्न सक्नेछन् ।

कम्पनीले यसका अलावा टीसी म्याक्स मोडल पनि नेपालमा विक्री गर्दै आएको छ । टीसी म्याक्स सबैभन्दा पावर फुल मोटर जडान भएको मोटरसाइकल हो ।


यसै बिच बजेटले सवारी आयात बढाउने भन्दै नाडाले अर्थमन्त्रीलाई धन्यवाद दिएको जनाएको छ । हालै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको थिए ।

उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरूको आयात बढ्ने बताए । उनले सरकारले ल्याएका नीतिहरूको निरन्तरताका लागि समेत आग्रह पनि गरे ।

अध्यक्ष दुलालले मिति २०७८ मसिंर २२ गते काठमाडौँमा सम्पन्न हुने नाडाको आउँदो ४५ औँ वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि पनि अर्थमन्त्री शर्मालाई अनुरोध समेत गरेका थिए ।

उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कसप टुल्स एण्ड ट्याक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया