बिहिबार, मंसिर १६, २०७८  |  Thursday, December 2, 2021

व्यवसायी सिद्धार्थ शमशेर जवरा यस वर्ष पुनः सबैभन्दा बढी आयकर बुझाएर उत्कृष्ट करदाता भएका छन् । राष्ट्रिय कर दिवस २०७८ मा सरकारले राणालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । राणा सिप्रदी समूह भनिने तारा म्यानेजमेन्टका अध्यक्ष हुन् । उनको कम्पनी अन्तरगत अटोमोबाइल,

हाइड्रोपावर, होटल लगायतका व्यवसाय सञ्चालनमा छन् । उत्कृष्ट करदाताको पुरस्कार राणाले सातौँ पटक प्राप्त गरेका हुन् । बुधवार आयोजित कर दिवसमा सर्वाधिक कर बुझाउने कम्पनीका रूपमा नेपाल टेलिकमले सम्मान पाएको छ । यस्तै, निर्यात उद्योगतर्फ डाबर नेपालले सर्वाधिक कर बुझाएको छ । वाणिज्य बैकतर्फ नबिल बैंक, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, सेवामा नोबेल हस्पिटल, पर्यटनबाट ह्यात रिजेन्सी सबैभन्दा बढी कर तिरेर सम्मानित भएका छन् ।

खुद्रा व्यापारतर्फ भाटभटेनी पनि बढी कर तिर्नेमा परेको छ भने विशेष उद्योगतर्फ एसियन पेन्टस सम्मानित भयो । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक, भ्याटमा घोराही सिमेन्ट र बिमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ ।

तपाईको प्रतिक्रिया