शुक्रबार, माघ ०७, २०७८  |  Friday, January 21, 2022

विश्वव्यापी रूपमा ख्यातिप्राप्त Ria Money Transfer र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेन्स कारोबार सुरु भएको कम्पनीले जनाएको छ । विदेशमा रहेका नेपालीहरूले Ria Money Transfer को सेवा प्रयोग गरी अमेरिका , युरोप लगायत १६० अन्य देशहरूबाट सिटी एक्सप्रेस मार्फत Khalti app बाट सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् । साथै Khalti मोबाइल वालेटमा लोड गर्न पनि सकिने छ ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Ria Money Transfer का तर्फबाट प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder ले हस्ताक्षर गरेका छन् ।


यसै बिच सिटी एक्सप्रेसको “सिटीआयो लखपति बनायो” योजना सम्पन्न भएको छ । कम्पनीले प्रत्येक वर्ष राष्ट्रिय पर्वमा विभिन्न योजना सार्वजनिक गर्दे सामाजिक उत्तरदायित्व निभाउँदै आएको छ । जस अन्तर्गत कम्पनीले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत कार्तिक महिनाको पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गर्दै योजना समापन भएको घोषणा गरेको छ ।

सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटेन्स पठाउने खगेन्द्र बुढाथोकी , मलेसियाबाट उदय रामयादव, कुवेतबाट रमिता तामाङ,कोरियाबाट दिलबहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटेन्स पठाउने चिनाक हरिजनगरी ५ जना लखपति बन्न सफल हुनुभएको छ ।

 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड २०७८ सालको दशैँ, तिहार र छठ लक्षितगर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ”उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना– कुल ६१ जना विजेतालाई रु१०,०००उपहार प्रदान गरेको छ । साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १०जना लखपति बन्न सफल भएका छन् ।

कम्पनीका अनुसार यस“सिटी आयो लखपति बनायो”अफर असोज १गते देखि कार्तिक ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यस उपहार योजनामा सहभागी भएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया