शुक्रबार, माघ ०७, २०७८  |  Friday, January 21, 2022

फ्रेट फरावार्डस व्यवसायीहरूको छाता संगठन नेपाल फ्रेट फरावार्डस एसोसिएसन (नेफा) को वार्षिक कार्यक्रम अन्तर्गत खतराजन्य हवाई कार्गो व्यवस्थापन सचेतना मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको सघंले जनाएको छ ।

नेपालको अन्तर्राष्ट्रिय वाणिज्यमा हवाई पारवहनले करिब ४५ प्रतिशत हिस्सा ओगट्दछ , बाँकी स्थलगतबाट आयात–निर्यातलाई सहजीकरण गरिएको छ । सन २०२१ को डिसेम्बर १८ र १९ तारिखमा सम्पन्न भएको उक्त सचेतना मूलक अन्तरक्रिया कार्यक्रममा नेफाका कुल सदस्य मध्ये २० एअर कार्गो व्यवसायीहरूको सहभागिता रहेको बताइएको छ ।

उक्त दुई दिने कार्यशाला गोष्ठीमा खतराजन्य कार्गोका व्यवस्थापनका विषयमा नेफाका अध्यक्ष मनोज अधिकारीले सहभागी व्यवसायीहरूलाई जानकारी गराएका थिए । साथै उनले यस क्षेत्रमा कार्यरत सबैले आफ्नो जिम्मेवारी निभाउन सफल हुनेमा आफू तथा सघं विश्वस्त रहेको जनाएका थिए । नेफाको वार्षिक कार्यक्रम अन्तर्गत यस प्रकारको तालिम कार्यक्रम सन २०१८ देखि विषेशगरी खतराजन्य कार्गो व्यवस्थापनका लागि सचेतना कार्यक्रमलाई निरन्तरता दिइँदै यो तेस्रो पटक आयोजना गरिएको हो । नेपालमा आयात हुने मोबाइल तथा ल्यापटपका ब्याट्री, जेनेरेटर, लगायतका वस्तु खतराजन्य कार्गो अन्तर्गत पर्दछ ।
इन्टरनेशनल एअर ट्रान्सर्पोट एसोसिएसन (IATA) ले त्रि.वि विमानस्थललाई असुरक्षित बताउँदै आएकोमा यस प्रकारको तालिम सञ्चालनले विमानस्थललाई (IATA) को सुरक्षा मापदण्ड भित्र पार्न समेत सहयोगी हुने बताइएको छ ।

उता खतराजन्य कार्गो व्यवस्थापन तालिम लिएका व्यसायीहरुले प्रत्येक दुई वर्षमा (IATA) बाट उपलब्ध इजाजत पत्र नवीकरण गर्नुपर्ने प्रावधानलाई सहजीकरण हुने गर्दछ ।

खतराजन्य कार्गो व्यवस्थापनको दुई दिने कार्यशाला गोष्ठीमा सहभागी प्रशिक्षक तथा हवाई कार्गो व्यवसायी

तालिमले हवाई कार्गो व्यवसायीहरूमा अन्तर्राष्ट्रिय नयाँ एन नियमका बारेमा जानकारी गराउन सहज हदै, नेफाले आगामी दिनमा स्थलगत पारवहनका आवश्यक कागजात तथा प्रक्रियागत कठिनाइलाई सहजीकरणको लागि समेत तालीम सञ्चालनको योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया