शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

बैंक तथा वित्तीय संस्थाहरूले लगानी योग्य रकमको अभावको बहानामा ऋणको ब्याजदर अत्यधिक वृद्धि गरिएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले फिर्ता लिन आग्रह गरेको छ । हालै प्रेस विज्ञप्ति जारी गर्दे महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिल हुदैजाने बताएका छन् ।

कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेप्नुपरेको महासंघको ठहर छ । उद्योग व्यवसाय गर्नेहरूले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन । लगानी भएको वित्तीय ऋणको समेत बैंकले मनपरी ढंगले ब्याज वृद्धि तत्काल फिर्ता लिन महासंघले आग्रह गरेको जनाएको छ ।

अर्कोतर्फ बैंकहरुले तरलता अभावका बहानामा व्यवसायीहरूको ऋण लगानीमा ढिला सुस्ती हुने गरेको उनले बताए । त्यस्तै मनपरी ढंगले ब्याजदर वृद्धि लगायतका गतिविधि प्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको ,अध्यक्ष कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खासगरी साना तथा मझौला घरेलु उद्योगी व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले गर्ने व्यवहारमा समेत फरक हुने गरेको छ । यस्तो अवस्थामा ठुला उद्योगी व्यवसायीहरूलाई मात्रै सहज ऋण प्रवाह गरेको उनको गुनासो छ । उच्च दरको बैंक ब्याजदर फिर्ता लिई सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माणमा महासंघले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैकसँग समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया