
शर्मा एण्ड कम्पनी निर्माण क्षेत्रमा अग्रणी नामले परिचय पाउँदै बीर हस्पिटलको नयाँ भवन सहित थुप्रै राष्ट्रिय गौरवका परियोजना निर्माण गर्ने यही कम्पनी स्थापनाकालको ५६ औँ वर्षमा प्रवेश गर्न सफल भएको छ । निर्माण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै कम्पनीले यस वर्ष औपचारिक कार्यक्रम नगर्ने भएको छ । कम्पनीका संस्थापक राधाकृष्ण शर्माको यही वर्ष स्वर्गारोहण भएकाले वार्षिकोत्सवमा औपचारिक कार्यक्रम नगरिएको बुझिएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले राष्ट्र निर्माणको अभियानमा कम्पनीले योगदान पुर्याउन सफल बताउँदै , उनले भने, ‘गुणस्तरीय र भरपर्दो निर्माणका लागि हाम्रो कम्पनी स्थापित नाम भएको उनको जिकिर थियो ।’
कम्पनीले हाल ३ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्न सफल भएको छ । बितेका वर्षमा यही कम्पनीले काठमाडौँमा मेडिसिटी अस्पताल, वीर , कमल पोखरीको सिटी सेन्टर, सिंहदरबार अगाडिको वाणिज्य बैंक लगायतका भवनको निर्माण सम्पन्न गरिसकेको छ ।
विशाल नगरको सेन्टरपार्क अपार्टमेन्ट, सीतापाला हाउजिङ, बालकोटमा रोज भिलेज प्रोजेक्ट कम्पनीले निर्माण गरेको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत धरान चतराबाट सिन्धुलीसम्मको १ सय ३५ किमी सडक शर्मा एण्ड कम्पनी र लामा कन्ट्रक्सनले निर्माण गरेको छ ।
त्यस्तै मेलम्ची खानेपानी प्रोजेक्ट अन्तर्गत काठमाडौँको ३ सय किमी क्षेत्रमा यही कम्पनीले नयाँ पाइपलाइन बिछ्याउने काम गरिसकेको छ । राजमार्गका ठुला–ठुला पुल निर्माण गर्ने पनि शर्मा एण्ड कम्पनी सक्षम हुँदै आएको छ ।
‘सूर्यबिनायकदेखि धुलिखेलसम्म २० वर्ष अगाडि स्विस सहयोगमा कम्पनीले सडक निर्माण गरेको ,शर्माले बताए । ‘सुदूर पश्चिमको अत्तरियादेखि महेन्द्रनगरसम्मको हाइवे २ दशक अगाडि निर्माण गरेको अनुभव पनि कम्पनीसँग छ ।’ भवन निर्माणका क्षेत्रमा त नेपालको अग्रणी कम्पनीमा शर्मा एण्ड कम्पनी पर्न सफल भएको शर्मा बताउँछन् । पछिल्लो वर्ष कोरोना महामारीको प्रभाव निर्माण क्षेत्रमा परेको शर्माले बताए । ‘एक वर्षदेखि प्रोजेक्टहरूमा कमी आएको छ । निर्माण क्षेत्रमा सरकारी बजेटरी खर्चमा आएको कमीले बजारमा तरलता अभाव देखिएको छ,’ उनले भने । कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा निर्माण व्यवसायी संघको तेस्रो अध्यक्ष तथा महासंघ निर्माण पछिको पहिलो अध्यक्ष भइसकेका व्यक्ति हुन् ।