शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

 

नेपाल बिमक संघको अध्यक्षमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्वाचित भएका छन् । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन संघको शुक्रवार सम्पन्न अधिवेशनले क्षेत्रीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको बताइएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका क्षेत्री यस अघि संघको महासचिव थिए । संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार चयन भएका छन् भने महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का चयन भएको संघले जनाएको छ ।

यसैगरी कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सदस्यहरूमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्य, राष्ट्रिय बिमा कम्पनीका कामु सीईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

तपाईको प्रतिक्रिया