बिहिबार, आषाढ १६, २०७९  |  Thursday, June 30, 2022

अर्थतन्त्रलाई मलजलगर्ने रेमिटेन्स प्रमुख आयस्रोत बन्दै आएको छ । कुल गार्हस्थ्य उत्पादनमा करिब ३९ प्रतिशतको साझेदार गर्दे आएको राष्ट्र बैंकको पछिल्लो रिर्पोटले देखाएको छ । तर रेमिटेन्स आयको ८० प्रतिशत साधारण खर्चमा प्रयोग हुँदै आएकोले ललित मनी ट्रान्सफरले यस आयलाई जीविकोपार्जन बाहेक उच्च प्रतिफल मुखी बनाउने उद्देश्यले रिक्वेस्ट रेमिट सेवा सुरु गरेको जनाइएको छ ।

ललित मनी ट्रान्सफरका स्वदेशी लाभग्राही प्रयोगकर्ताले विदेशमा रेमिट रिक्वेस्ट पठाए अनुसार बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिटेन्स पढाउने व्यक्तिले कम्पनीले उपलब्ध गराएको लिङलाई क्लिक गर्ने बित्तिकै सहजै राष्ट्रिय वाणिज्य बैंकको मुद्दती खाता खोल्ने सुविधा उपभोग गर्न पाउने छन् । यसरी भित्रिने रेमिटेन्स रकमलाई सेवाग्राहीको अनुमतिले रा.वा. बैंकको देहायको खातामा कम्पनीले रकम जम्मा गरिदिने सेवालाई रिक्वेस्ट रेमिटको नामकरण गरिएको छ ।

एलन बायोलोचन तुलाधर

ललित मनीका प्रमुख कार्यकारी निर्देशक ,एलन बायोलोचन तुलाधरका अनुसार रा.वा. बैंकले यस्तो मुद्दती खातामा उच्चतम ११.०५ प्रतिशत व्याज उपलब्ध गराउने छ । तर यो सुविधा प्रयोग गर्ने वा नगर्न सेवाग्राहीको स्वविवेकमा निहित रहने बताइएको छ ।

रेमिटेन्स पठाउने व्यक्तिले सोही रकमलाई विभाजन गरी निक्षेप खाता र व्यक्तिले पाउने प्रतिशत विभाजन गरी यो सुविधा उपभोग गर्न पाउने छ ।

उता मुद्दती निक्षेप बाहेक मासिकरुपमा आवधिक (रेक्करीङ) बचत सुविधा पनि रेमिटेन्स पठाउने व्यक्तिले प्रयोगमा ल्याउन पाउने छ । निरन्तररुपमा निश्चित अवधिमा रा.वा. बैंकमा रकम जम्मा गर्न ललित मनी ट्रान्सफरलाई जानकारी गराउनु पर्दछ । कम्पनीले सोही अवधिमा भित्रिएको रेमिटेन्स रकम मध्ये इच्छाए अनुसार रकमान्तर गरिदिने छ । तर यो प्रक्रियाका लागि कम्पनीले २ दिन अगावै सेवाग्राहीलाई जानकारी गराउने छ ।

यो मुद्दती तथा आवधिक बचत योजना राष्ट्रिय वाणिज्य बैंक र ललित मनी ट्रान्सफरको संयुक्त प्रयासमा उच्चतम बैंक व्याज सहित ल्याइएको हो । यस प्रकारको योजनाले नेपालमा बेकिङ च्यानलबाट रेमिटेन्स भित्रिने रकमको प्रतिशतमा ह्वात्तै वृद्धि हुने आसगर्न सकिन्छ । त्यस्तै रेमिटेन्स रकमबाट हुने बैंक व्याज आम्दानीलाई जीविकोपार्जनमा प्रयोगमा सेवाग्राही र तिनका आफन्तलाई दोहोरो मुनाफा गराउन उद्देश्यले यो योजना ल्याइएको छ । आगामी दिनमा नेपाल भित्रिने रेमिटेन्सको बिमा योजनामा ललित मनीले कम्पनीले गृहकार्य सुरु गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया