शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

हवाई पारवहनका अग्रणी राइजिङस्टार कार्गो गौरवशाली व्यवसायीक यात्राको २३ औँ वर्षमा प्रवेश गरेको छ । सन १९९९ मा स्थापित यस कम्पनीले निर्यात योग्य ह्याण्डी क्राफट, पस्मिना , उनी गलैँचा सहित सबै प्रकारका उत्पादनलाई विदेशी उच्च बजार सम्भावना रहेका अमेरिका , युरोप लगायतका देशमा निर्यातकर्ताले दिएको समयावधि भित्र हवाई पारवहन मार्फत गन्तव्यमा पुर्याउदैं आएको छ । कम्पनीले विशेषगरी नेपाली गार्मेन्टलाई पारवहनमा उच्च प्राथमिकतामा राख्दै आएको छ ।

कोभिड संक्रमणको रोकथामका लकडाउन जस्तो बाध्यकारी स्थितिसँग विश्वका धेरै राष्ट्र जुधिरहेकोले ती राष्ट्रहरूमा नेपाली निर्यात वाणिज्य खुचिंदै गएको छ । यही कारणले हवाई पारवहन व्यवसायमा समेत प्रत्यक्ष असर पर्दे गएको छ ।

हरि ढकाल

कम्पनीले नेपाली निर्यात योग्य उत्पादनको बजार विकासका लागि कम्पनीका संस्थापक ऋषि ढकालले अमेरिका स्थित लस एन्जेल्समा राइजिङ इन्टरनेशनल नामक कम्पनी सञ्चालनमा ल्याएपछि नेपाली उत्पादनको बजारीकरणमा सहयोगी बन्न सफल हुँदै नेपाली निर्यात वस्तुको विदेशमा बजार हिस्सा बिस्तारमा हुन सहयोगी बनेको छ ।

उक्त २३ औँ वार्षिक उत्सव कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक, हरि ढकालले कम्पनीमा कार्यरत कर्मचारी, संस्थापक ऋषि ढकाल लगायत हालसम्म कम्पनीको सफल व्यवसायीक यात्रामा सहयोग पुर्‍याउने सबैमा घन्यबाद दिएका छन् ।

तपाईको प्रतिक्रिया