शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटमा तीन जनाको नाम सर्टलिस्ट मा राखिएको जनाइएको छ । यसअघि ११ आवेदकहरूबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । जस मध्ये पाँचनामबाट छनोट समितिले सोमबार रमेश भण्डारी, कृष्णबहादुर कार्की र केशव श्रेष्ठको नाम सर्टलिस्टमा राखेको हो । पाँच जनाको सुचीमा परेका प्रविन पन्दाक र रमेश घिमिरे तीनजना भित्र अटाएनन् । अब कार्की, भण्डारी र श्रेष्ठ

मध्ये एक जना नेप्सेको सीईओमा नियुक्त हुनेछन् ।नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउद, सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले राजीनामा दिएको लामो समयसम्म सीईओ नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन । अब भने नियुक्ति प्रक्रिया चाँडै टुंगोमा पुग्ने अर्थमन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया