शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

ललितपुर उबासंघको हालै सम्पन्न ४२ औँ वार्षिक साधारण सभाले राष्ट्रिय आर्थिक गतिविधिमा टेवा  पुर्याउने विभिन्न कम्पनी तथा व्यवसायीलाई सम्मानित गर्ने क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको  समुपस्थितमा न्युयोर्क कार्गोका प्रबन्ध निर्देशक जीवन पाण्डेलाई उत्कृष्ट निर्यातकर्ता २०२१ बाट सम्मानित गरिएको थियो । उक्त अवसरमा बागमती प्रदेश उवासंघका अध्यक्ष दिनेश श्रेष्ठ लगायतका निजी क्षेत्रको बाक्लो उपस्थिति थियो ।

न्युयोर्क कार्गो सन २००५ देखि सञ्चालनमा आई हवाई पारवहन मार्फत देशको निर्यात वाणिज्यलाई सहजीकरण गर्दे आएको छ । कम्पनीले व्यवसायीक नीतिलाई पालना गर्दे सोही अनुसारको जनशक्ति उपलब्ध गराउन सफल हुँदै , निर्यात पारवहनमा आवश्यक प्रविधिलाई प्राथमिकतामा राख्दै निर्यातकर्ताले देहायको समयभित्र निर्यात योग्य वस्तु ३–५ दिन भित्र गन्तव्यमा पुयाउने गरिएको बताइएको छ । कोभिड संक्रमण दर उच्च हुँदै गएपछि निर्यात हुने राष्ट्ररुबाट नेपाल आउने विदेशी वायुसेवा हवाईजहाजका तालिका अनियमित हुँदा समेत न्यु–योर्ककार्गोको चुस्त व्यवस्थापनले समयनाकुल निर्यात पारवहनलाई सुनिश्चित बनाउन सफल हुँदै आएको छ ।

कम्पनीले निर्यातमा आवश्यक कागजातका लागि ललितपुर चेम्बर अफ कर्मश मार्फत सुविधा उपभोग गर्दे, पछिल्ला दिनमा वार्षिक २ लाख के.जीसम्म निर्यात योग्य कार्गो हवाई पारवहन मार्फत सहजीकरण गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया