शुक्रबार, माघ ०७, २०७८  |  Friday, January 21, 2022

अर्थतन्त्र स्वस्थ्य रहेको र शंकटमा नपरेपनि सचेत हुनुपर्ने समय आइसकेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । उक्त तथ्य बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) को पौष २६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाको समुद्घाटन सत्रमा बताइएको थियो । उनले निजी क्षेत्रको पुँजी, अर्थउपार्जनमा सहयोगी हुन नसकेको गुनासाहरूलाई आगामी दिनमा सम्बोधन गरिने बताएका छन् ।
अर्थतन्त्रका कतिपय सुुचक उत्साहजनक नभएपनि वित्तीय क्षेत्रको मुनाफामा असर नपरेको बताए । वित्तीय क्षेत्रमा असर पर्नु हुँदैन किनकि बैंक खाटामा जाँदा त्यसको प्रत्यक्ष असर आम निक्षेपकर्ता तथा लगानीकर्तामा पर्ने हुनाले वित्तीय क्षेत्र संरक्षण राज्यको दायित्व भित्र रहेको उनको जिकिर थियो ।

अर्थतन्त्रलाई स्वास्थ्य राख्न आयात नियन्त्रण लगायतका उपकरण राज्यले प्रयोगमा ल्याएको छ । यसबाट वैदेशिक मुद्रा  सञ्चीतीमा सहयोगी हुँदै हाल आयात दर ६२ प्रतिशतबाट ५८ मा ओर्लिएको जानकारी गराएका छन् । यसका साथै वैदेशिक मुद्रा आम्दानीमा सहयोगी बन्दै गएको रेमिटेन्स आम्दानी वार्षिक वार्षिक ९–१० खर्ब रहेको छ । यसबाट अत्यावश्यक वस्तु आयातका लागि वैदेशिक मुद्रा सञ्चीती सन्तुलन सन्तोषजनक रहेको जनाइएको छ ।

अर्थतन्त्रलाई थप मलजल गर्न गार्हस्थ्य उत्पादनको वृद्धितर्फ राज्य सतर्क रहेको छ । तर निजी क्षेत्रबाट कस्ता उद्योगहरूलाई आवश्यक शीर्षकगत सुविधामा सुझाव पेशगर्न उनले आग्रह गरेका थिए । त्यस्ता उद्योगहरूमा बैंक र उद्योगीका संयुक्त लगानीका निश्चित प्रतिशत सहितको प्रस्तावबाट उद्देश्य अनुसारको प्रतिफल आसगर्न सकिन्छ । यस अघि उद्योग निर्माण सुरु र सम्पन्न हुँदा आकलन गरिएको परियोजना बजेटमा ठुलो ग्याप देखिएका समस्यातर्फ निजीक्षेत्रलाई समेत सचेत गराएका थिए ।

औद्योगिक लगानी अगावै उत्पादकत्व र रोजगारी उपार्जनमा सुनिश्चित हुँदा मात्र त्यस्तो लगानी प्रतिफलमुखी बन्न सक्छ । किनकि १ अर्ब वित्तीय ऋण लगानीमा सुरु भएको उद्योग सम्पन्न हुँदा १.५ अर्ब पुग्ने उदाहरण प्रशस्त छन् । जसकारण उद्योगीले समयमा वित्तीय ऋण फर्काउन नसक्दा खराब ऋणको प्रतिशत उच्च भएकोले लगानी र प्रतिफल सुनिश्चित गर्न उपस्थित निजीक्षेत्रका प्रतिनिधिलाई आग्रह गरेका थिए । सो वार्षिक साधारण सभामा उवासंघका अध्यक्ष शेखर गोल्छा , सिविफिनका अध्यक्ष पवन गोल्यान लगायतले आ–आफ्ना मन्तव्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया