शुक्रबार, माघ ०७, २०७८  |  Friday, January 21, 2022

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले आम जनतालाई चौथो बुस्टर खोप दिने रणनीति भने ठिक नभएको जनाएको छ । दोहोराएर बुस्टर खोप दिनु ‘दिगो’ रणनीति हुन नसक्ने एजेन्सीदले बताएको छ । बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने विज्ञहरूको भनाई छ ।

हाल महामारीको रूपमा फैलिएको कुरालाई बिर्सन नहुने भन्दै, ओमिक्रोन महामारीका रूपमा फैलिए पनि त्यसबाट डराउन नपर्ने बताएका छन् । तर कोभिड विरुद्धको बुस्टर डोज भने पटक पटक लगाउन नहुने उनीहरूको भनाइ छ । ओमिक्रोन भेरियन्टको सङ्क्रमणले कोभिडको महामारी (प्यानडेमिक) लाई मानवजाती बाँच्न सक्ने ‘एन्डेमिक’ (महामारीको अन्त्य) तर्फ धकेलिरहेको युरोपेली शीर्ष औषधि नियामक निकायले जनाएको छ ।

एम्सटर्डाममा रहेको नियामक निकायको खोप रणनीतिका प्रमुख मार्को काभालेरीले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई थाहा छैन हामी यो सुरुङको अन्त्यमा कहिले पुग्छौँ, तर हामी त्यहाँ अवश्य पुग्छौँ ।
मानिसमा प्रतिरोधात्मक क्षमताको वृद्धिसँगै, त्यसमा पनि ओमिक्रोनले गर्दा खोपको साथै प्राकृतिक प्रतिरोधात्मक क्षमता वृद्धि भइरहेको छ । यसरी हामी तीव्र गतिमा एन्डेमिक (महामारीको अन्त्य) को नजिकतिर हामी पुग्नेछौँ ।

हामी अझै पनि महामारीकै चरणमा रहेको भुल्न नहुने कुरामा विशेष जोड दिएका थिए । ओमिक्रोनले स्वास्थ्य सेवामा ठुलो चाप बढ्ने तर्फ चेतावनी दिए । विश्व स्वास्थ्य संगठनले मंगलबार मात्र दुई महिना भित्र युरोपका आधाभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको थियो ।

संगठनले कोभिडको बुस्टर डोज पटक–पटक दिनु सही रणनीति नभएको बताएको थियो जसलाई युरोपको नियामक निकायले पनि दोहोर्‍याएको छ । ‘यदि हामीले प्रत्येक चार महिनामा बुस्टर खोप दिन थाल्यौँ भने यसले हाम्रो प्रतिरोधात्मक क्षमतामा असर पुर्‍याउने छ ।

 

 

तपाईको प्रतिक्रिया