शुक्रबार, माघ ०७, २०७८  |  Friday, January 21, 2022

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण नियन्त्रण तथा स्वास्थ्य मन्त्रालयले सार्वजनिक कार्यक्रममा २५ भन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम जारी गरिएको छ । यही कारणले जनवरी १३–१५, २०२२ सम्म तय गरिएको उक्त एक मात्र विस्तृत मेडिकल र डायगनोस्टिक प्रदर्शनी ‘नेपाल मेडिकल शो’ स्थगित गरिएको आयोजक भारतीय स्वास्थ्य सम्बन्धी मेला प्रवर्धक एस.डी प्रोमो तथा नेपालका तर्फबाट सह–आयोजक रसायन तथा मेडिकल आपूर्तिकर्ता संघ (केमसन) का अध्यक्ष सुरेश घिमिरेले जनाएको छ ।

एस.डी प्रोमो भारत तथा केमसनको संयुक्त आयोजनामा सन २०१६ देखि निरन्तर रूपमा यो मेला आयोजना गरिँदै आएको छ । हेल्थकेयर सप्लाई चेन शो इइपीसी (इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल, भारत) को सहकार्यमा हुँदै आएको थियो । यसबाट विषेशरुपमा अस्पतालको पूर्वाधार स्तरउन्नतीमा सहयोगी हुँदै आएको छ । नेपालको स्वास्थ्य र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो प्रदर्शनी यस क्षत्रको सबैभन्दा ठुलो व्यापार र ज्ञान आदान प्रदान गर्ने प्लेटफर्म भएकोले यस क्षेत्रमा आबद्ध सबैका लागि यो प्रदर्शनी महत्त्वपूर्ण रहिआएको बताइएको छ ।

सन २०१७ मा आयोजित ल्याब एक्सपोमा क्रमशः बायाँबाट पूर्व अध्यक्ष भक्त हमाल र वर्तमान महासचिव बिनोद मानन्धर

यस अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा विशेषतः एनेसथेजिया, बायो–मेडिकल, इ.एन.टी., अर्थोपेडिक्स, सर्किजल, मेडिकल, आई.सी.यू., अस्पताल फर्निचर, मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स–रे, ल्याबइक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेसन र अन्य सेवा प्रदायकहरुले प्रदर्शनीमा सहभागी हुँदै आएका छन् । सन २०१७ को प्रदर्शनीमा २५० भन्दा बढी कम्पनी, ८०० भन्दा बढी ब्राण्ड र ६,००० भन्दा बढी अबलोकनकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया