आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

च्याउ उत्पादक किसान संघद्वारा अवैध च्याउ आयातमा रोक लगाउन माग गर्दे विज्ञप्ति जारी गरिएको छ । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारतका विभिन्न बजारबाट नेपाल भित्रिन लाग्ने समया अवधिसम्म नसडने रसायनहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त बनाई अवैधरुपमा च्याउ नेपाली बजारमा आयात भइरहेकोले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता अखाद्य वस्तुहरू भन्सारमा कडा निगरानी गरी आयात नियन्त्रणका लागि संघ ले जोडदार माग गरेको छ ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले प्रेस विज्ञप्ति जारी गर्दे कोरोना कहरका बिचमा नेपाली च्याउलाई विस्थापित गर्ने उद्येसयले आयात भइरहेको भारतीय अवैध च्याउ विषाक्त भएको पाइएको छ ।

च्याऊ एक ढुसी जन्य पोषण युक्त खाद्य पर्दा हो , जुन लामो समय सम्म टिकाउन ढुवानीमा उत्पादित वस्तु जोगाउन गाह्रो हुने गर्दछ । त्यसकारण नगल्ने रसायन मिसाइ सहज ढुवानी गरिन्छ । यसो गर्दा दैनिक उपभोग्य सुपरफुड विषाक्त भै सेवनगर्न अयोग्य हुने गर्दछ । त्यसकारण भारतीय च्याऊ आयात नियन्त्रण हुन आवश्यक रहेको विज्ञप्तिमा जनाइएको छ ।

च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश समितिका अध्यक्ष विजय ज्ञवालीका अनुसार विश्व बजारमा सबै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा समेत च्याऊको मूल्य स्थिर रहेको छ । उत्पादकले घाटा फाइदाको सरोकार नराखी उच्च माग अनुसार आपूर्ति गरिएको छ । अर्कोतर्फ सख्याका व्यक्तिलाई रोजगार दिन यो उद्योग सफल हुँदै आएको छ ।

पर्याप्त पोषण र रोग प्रतिरोधात्मक क्षमता भएको च्याऊ नेपाली बजारमा प्रतिशपर्थी मूल्यमा बिक्री वितरण हुँदै आएको छ । नेपाली च्याउ माग अनुसार उच्च परिमाणमा उत्पादन भएकोले उचित मूल्य पाउन हम्मे परेको छ ।

च्याऊ उत्पादक किसान संघ नेपालको माघ ११ गतेको निर्णय अनुसार अनधिकृत रूपमा भारतबाट आयात हुने च्याऊको निगरानी हुन सरकार समक्ष माग गरिएको छ । यस नीतिमा संघको ७ वटै प्रदेशका च्याऊ संघ तथा जिल्लाले ऐक्यबद्धता जनाइसकेको छन् ।

च्याऊ उत्पादक किसान संघ नेपालको केन्द्रीय टोलीले प्लान्ट क्यावरेन्टाईन कार्यालय , भन्सार कार्यालय त्यस्तै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको बताइएको छ । च्याउ उत्पादक किसान संघ नेपालले हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकेजी ३०० रहेको भन्दै त्यसको आधारमा भारतीय च्याउलाई भन्सार लगाइनु पर्ने जनाएको छ ।

नेपालमाका नाकामा त्यसको ठिक विपरीत न्यून मुल्याङ गरी आयात भैरहेकाले नेपाली च्याउ उत्पादक मारामा परेको बताइएको छ । ज्ञापनपत्रमा च्याउको गुणस्तर प्रमाणीकरण नगरीकन भारतबाट नेपालमा च्याउ भित्रिने क्रम जारी रहेकोले नियन्त्रण हुन आवश्यक रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया