आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो पारिवारिक श्रोतले बताएको छ । केही हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आइसियु) कक्षमा राखी उपचार गरिँदै आएको थियो ।

आइतबार बिहान ८ः१२ मा उनको निधन भएको हो । केही समययता उनको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उनको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा भएको थियो । मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् । उनले सन् १९४३ मा आफू १३ वर्षको हुँदा पहिलो गीत रेकर्ड गराएकी थिइन् । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

९२ वर्षीय मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्न सहित दर्जनौँ पुरस्कारबाट सम्मानित भएकी थिइन् । उनी र उनको परिवार प्रति बिजनेश वल्ड नेपाल अनलाइन म्याग्जीन हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया