शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

हिमालयन जनरल इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा बिमा क्षेत्रमा लामो समयसम्म अनुभव बटुलेका बिजय बहादुर शाह प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको कम्पनीले जनाएको छ । यस अघिका (सिइओ) सुशिल बज्राचार्य कम्पनीबाट बिदा भएका छन् । उनी आफ्नो कार्यकाल खोट्याएर बुधवारदेखि नै कम्पनीबाट बिदा भएका हुन् । उनको कार्यकाल सकिन अझै डेढ वर्ष बाँकी नै थियो । तर, कार्यकाल बाँकी हुँदाहुँदै पनि उनी कम्पनीको सिइओबाट बाहिरिएका हुन् ।

कम्पनीले बज्राचार्यलाई चार वर्षका लागि दोस्रो पटक सिइओमा नियुक्ति गरेको थियो । २०७६ साउन १ गतदेखि लागू हुने गरेर बज्राचार्य कम्पनीको सिइओमा दोस्रो पटक नियुक्त भएका थिए । तर, डेढ वर्ष कार्यकाल बाँकी हुँदै उनी कम्पनीबाट बाहिरिएका छन् । उनलाई बुधवार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा कर्मचारीहरूले बिदाइ गरेका गरेका छन् । यससँगै कम्पनीले बिजय बहादुर शाहलाई नयाँ सिइओ नियुक्ति गर्ने निर्णय गरेको हो । साथै कम्पनीले स्वीकृतिको लागि नियामक निकाय बिमा समितिमा आवश्यक पत्र समेत पठाएको छ । तर, समितिले स्वीकृति भने प्रदान गरिसकेको छैन । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमालयन जनरलबाट सिइओमा बिजय शाहको नियुक्ति स्वीकृतिका लागि आवेदन आएको बताए ।

‘त्यस आवेदनपछि कम्पनीलाई थप केही कागजपत्र पठाउन भनिएको छ , कागजपत्र आएपछि स्वीकृति प्रदान गरिने जनाइएको छ । हिमालयन जनरलको सिइओ हुन लागेका शाहले यसअघि नेपाल इस्योरेन्स र एनएलजी इन्स्योरेन्समा सिइओको रूपमा काम गरिसकेको उनीसँग अनुभव छ । उनी नेपाल इस्योरेन्सबाट गत साउन ९ गते मात्रा बिदा भएका थिए । ६ महिनाको कुलिङ पिरियड सकिएपछि उनी हिमालयन जनरलमा सिइओ हुन लागेका हुन् । सम्भवतः ः उनले फागुन १ गतेबाट कम्पनीको सिइओमा पदबहाली गर्नेछन् ।

 

 

तपाईको प्रतिक्रिया