आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

भारतका भेट्रान डिस्को संगीतकार बाप्पी लहरीको निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनमा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्या देखिएको थियो । विषेशगरी निदाउने बेलामा श्वास प्रश्वासको समस्याबाट ग्रस्त थिए । मुम्बइको कृतीकेयर हस्पिटलमा उपचारको क्रममा ६९ वर्षीय लहरीको स्वास्थ्यमा सोमबार क्रमिक सुधार आइ डिस्चार्ज गरिएको थियो । तर मंगलबार अचानक उनको स्वास्थ्य चिन्ताजनक भएपछि सोही हस्पिटल भर्ना पछि उनलाई बचाउन नसकिएको हस्पिटलका निर्देशक डा.दीपक नामजोशीले बताए ।

डिस्कोका राजा भनेर चिनिने बाप्पी–दा ले भारतीय संगीतमा डिस्को मेलोडी भित्र्याउन सफल भएका थिए । सन १९८०–०९० सम्म बाप्पी–दाको सङ्गीतबद्ध गीतले बलिउड फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएको मानिन्छ । अभिनेता अमिताभ बच्चन , मिथुन चक्रवर्ती , जितेन्द्र , लगायतका दर्जनौँ सिनेमा सुपर हिट हुनुमा बाप्पी–दाको डिस्को गीतलाई श्रेय दिइन्छ ।

सन १९६९ देखि व्यवसायीक संगीतकारको रूपमा उदय भएको लहरीको जन्म नाम आलोकेश लहरी हो । बंगाली तथा तेलेगु भाषाका दर्जनौँ सिनेमामा संगीत दिएका उनी सन २०१४ मा भारतको आम निर्वाचनमा भारतीय जनता पार्टीबाट पश्चिम बगाल, श्रीरामपुरबाट सांसद हुन सफल भएका थिए । लहरीले सन २०२० मा बलिउड चलचित्र बागीका लागि अन्तिम पटक संगीत दिएका थिए ।

तपाईको प्रतिक्रिया