आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

पर्यटन तर्फका ट्राभल टुर एजेन्ट व्यवसायीहरूका छाता संगढन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) को ५५ औंं वार्षिक साधारण सभा तथा २३ औ निर्वाचनबाट अध्यक्षमा मुनसन ट्राभल्स एन्ड टुर्सका रमेश थापा विजयी भएको नाट्टाले जनाएको छ । उक्त २३ औ निर्वाचनमा थापा र उनका प्रतिद्वन्द्वी बस्नेत समूह बिच कडा प्रतिस्पर्धा भएको थियो । नाट्टा संगढनमा आबद्ध रहेका २००० सदस्यहरू मध्ये कुल ४४९ सदस्यले मतदान गरेको जनाइएको छ ।

नाट्टाको हालै सम्पन्न निर्वाचनमा थापा समूहबाट कोलम्बस ट्राभल्सका प्रमोद ढकाल, वल्डवेयस ट्राभल्स– वारुण मेहेता, प्रिसियस ट्राभल्स– कुमार मनी थपलिया, त्यस्तै शाह होलिडेज–युभिका भण्डारी, ट्रिभास टुर अपरेटर – राजकुमार तथा गीता ढकाल निर्वाचित भएको जनाइएको छ ।

उक्त २३ औ निर्वाचनमा विजय हात पार्न सफल भएका अन्य सदस्यहरूमा हिमालय क्लब ट्राभल्सका विष्णु पाण्डे, एडभान्चर टुर्स– ढकनाथ काफले, अक्सफर्ड ट्राभल्स – नेमराज भेटवाल,प्रिजेन्ट ट्राभल्स – परशुराम घिमिरे, अस्भीता ट्राभल्स –राम शोभित तथा डन्डी शेर्पा र शारदा जोशी सफल भएको बताइएको छ ।

बिहीबार सम्पन्न निर्वाचनको घोषणा पत्रमा थापा समूहबाट मुलुकको संघीय राजधानी काठमाडौँमा पर्यटकीय बसपार्क निर्माण सहित, कोरोनाबाट थला परेको नेपालको समग्र पर्यटन क्षेत्रको पुनउत्थानमा यो समूह क्रियाशील रहने प्राथमिकताका साथ उल्लेख गरिएको थियो ।

तपाईको प्रतिक्रिया