आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नेपालमा ग्रोसरी, गार्मेन्ट पछि स्टेशनरी बजारलाई व्यवस्थित बनाउने उद्देश्यले कुलेश्वरमा ११ सेप्टेम्बर–२०२१ देखी २५०० वर्ग मिटरमा एकमात्र किताब कलम सुपर मार्केट सञ्चालनमा आएको छ । मार्केटमा आधुनिक चित्रकलालाई आवश्यक सम्पूर्ण प्रकारका आयल पेन्ट, स्तरीय स्केच बोर्ड, पेन्सिल लगायतका सामाग्री एउटै छानामुनिबाट उपलब्ध गराएको छ ।

स्टेशनरी बजारमा विगत तीन दशक देखि पाइलट पेनका आधिकारिक  खुद्रा बिक्रेता तथा स्कुले विद्यार्थीहरूलाई आवश्यक पर्ने किताब कापी लगायतका सामाग्री बिक्री वितरण गर्दे आएको पी.एस स्टेशनरीले किताब कलम सुपर मार्केट सुरु गरेको छ ।

राघव गुप्ता

नेपाली बजारमा यस प्रकारको सुपर मार्केट नौलो आइडिया भएकोले उच्च लगानी जोखिम रहेको किताब कलम सुपर मार्केट निर्देशक राघव गुप्ताले बताए । स्टेशनरी खरिदमा उपभोक्ताको छनौट नभई विक्रेताको सिफारिसमा खरिद गरिने परम्परागत प्रचलनलाई तोड्दै सुरु भएको सुपर मार्केटमा ग्राहले इच्छा अनुसारका उच्चस्तरीय स्टेशनरी खरिद गर्न पाइने, उनले बताए । स्कुले विद्यार्थी देखी व्यवसायीक चित्रकलाका उपभोक्ता लक्ष्ति सम्पूर्ण सामाग्री समेटिएकोले छोटो समयमा उपभोक्ताको मन जित्न सफल हुनेमा उनी विश्वस्त छन् ।

सुपर मार्केटमा स्टेशनरीका विश्व बजारका उच्च गुणस्तरीय ३० ब्रान्ड रहेका छन् । कला सृजना तथा स्टेशनरी प्रयोगमा पछिल्लो पटक विभिन्न ६ ब्रान्ड मध्ये मोन्ट–मार्टे अस्ट्रेलिया (व्यवसायीक चित्रकला), टम्बो, साकुरा–जापनिज (स्टेशनरी), कार्यालय प्रयोजनका लागि गुणस्तरीय झोला त्यस्तै जर्मनीको पाइलट पेन ,स्टाबलो–हाईलाइटर, फाउन्टेन पेनमा पार्कर सेफर लगायतका सामाग्री नेपाल भित्रिएको छ ।

३० ब्रान्ड

स्थानीय बजारमा भारत र चीनींया स्टेशनरी उत्पादनले ८० प्रतीसद बजार ओगटेकोले दश रुपैंयाको पेन्सिल र बिस रुपैंयाको पेन उपलब्ध हुँदै आएकोमा गुणस्तरीय स्टेशनरीको परिचय गराउन किताब कलम सुपर मार्केट सञ्चालन गरिएको निर्देशक राघवले बताए । उच्चस्तरीय स्टेशनरी सामाग्री भइकन प्रतिशपर्थी मूल्यका कारण, उक्त मार्केटमा आउने ग्राहक दोहोरिने गर्दछन् । किताब कलममा १२ हजार मूल्यपर्ने सेफर ब्रान्डका गोल्डपेल्टेड पेन,आर्टिसटहरुका लागि २९००० का स्टीलबडी, स्केच बोर्ड सहित भारतीय कंगारु सहितका स्टेशनरीका ब्रान्ड रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया