आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

एभरेस्ट लार्ज कार्डमम इन्डष्ट्रिज आ.व २०७७–०७८ को उत्कृष्ट निर्यातकर्ता घोषण गरिएको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेस्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा कम्पनीका अध्यक्ष, निर्मल भट्टराईलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए । भट्टराई, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् ।

नेपालकै अलैँचीलाई प्रशोधन , लेवलिङ्ग र प्याकेजीङ्ग गर्दै आएको एभरेस्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत वर्ष २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो । नेपाल सहित विदेशी बजारमा लोकप्रिय बनेको एभरेस्ट लार्ज कार्डममको प्रशोधन उद्योग अर्जुनधारा नगरपालिका–८, झापामा स्थापित गरिएको छ । सो उद्योगमा भट्टराई सहित अन्य तिन स्थानीय व्यवसायी: सञ्जीव घिमिरे, भरत चौधरी र राम कृष्ण विष्टको लगानी रहेको बताइएको छ ।

यस उद्योगले हाल मिजाज माउन्टेन पल्र्स, मिजाज अलैँची पाउडर, मिजाज अलैँची दाना र मिजाज अलैँची गरी चार विभिन्न प्रकारका उत्कृष्ट अलैँचीका उत्पादन बजारमा उपलब्ध गराउन सफल भएको छ ।

तपाईको प्रतिक्रिया