आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक साधारण सभालाई काठमाडौँको एभरेस्ट होटेलमा सम्बोधनको क्रममा अध्यक्ष नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव पछि निर्यात व्यवसायीहरूको राम्रा दिन सुरु हुने उनको जिकिर थियो ।

अहिले एमाले चुनावमा केन्द्रित छ । तपाईँहरू पनि यसो समय निकाल्नुहोला । सके प्रचार–प्रसार गर्नुहोला, सक्नुभएन भने भोट हाल्नुहोला,’ ओलीले भने, हामी फेरि अगाडि बढ्नेछौँ । हाम्रा राम्रा दिनहरू अब आउँदैछन् । यो स्थानीय निर्वाचनबाट राम्रा दिनहरू सुरु हुन्छन् । त्यसपछिको निर्वाचनबाट राम्रा दिन नेपालमा सुरु हुने भएकोले सबैलाई ढुक्क हुन गरेका छन् । संघीय संसद्को निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने भएकाले पुरै राम्रो दिन आउने छ । वर्तमान सरकारलाई धेरै कुरा भन्न नसकिने भन्दै , आठ–दश महिना पर्खिनुहोस्,’ ओलीले भने, । निर्यातकर्ताहरूका अप्ठ्याराहरूलाई ध्यान दिइने छ ।

ओलीले सो अवसरमा व्यवसायीहरूलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न समेत आग्रह गरेका छन् । देशको अर्थतन्त्र रेमिट्यान्समुखी बाट औद्योगीकरणमा लैजान निजी क्षेत्रले उल्लेखनीय भूमिका खेल्न आग्रह गरेका छन् । निर्यात उद्योगमा आधारित अर्थतन्त्र दिगो हुने भएकोले, विदेशी मुद्राको सञ्चित र आय रेमिट्यान्सबाट मात्र नभई निर्यात आयबाट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

रेमिटेन्स वैदेशिक  मुद्रा आम्दानीको स्थायी स्रोत होइन । अहिले पो कतारले मान्छे मागिरहेको छ त । एक ढङ्गले भन्ने हो भने कतार बनिसक्यो, कन्स्ट्रक्सन भइसक्यो । नेपालीले बनाइदिइसके त कतार । त्यसपछि उसले मान्छे लिन छोड्छ ।’

कतारले नेपाल र नेपालीको मायाले रोजगारी दिएको नभई उसको आफ्नो आवश्यकताले रहेको ओलीको भनाइ छ । यसैगरी अन्य देशहरूबाट पनि अब कामदारको माग आउन क्रमशः कम हुने र कुनै पनि समयमा नेपाल अप्ठ्यारोमा पर्न सक्ने ओलीको दृष्टिकोण छ । जनशक्तिको निर्यात होइन, यहीँ हामीले उत्पादन गरी वस्तु निर्यात गर्नुपर्छ, मुख्य कुरा यही हो । यसले रोजगारीको अवसरदेखि लिएर विदेशी मुद्राको सञ्चित र आर्जन गर्न सक्छ । निर्यात उद्योगको विकाससँगै हुने निर्यातजन्य उत्पादनको निर्यातले उपभोग्य सामानको आन्तरिक खपत पनि वृद्धि हुने ओलीको भनाइ छ ।

यसले नेपालको अर्थतन्त्र आत्मनिर्भर र ‘एक्स्पोर्ट इकोनोमी’तिर जाने उनको विश्वास छ । ‘अहिले हामी आयातित  र रेमिटेन्स अर्थतन्त्रमा छौँ । यो रेमिटेन्स र इम्पोर्ट इकोनोमी होइन, हाम्रो एक्सपोर्ट इकोनोमी हुनुपर्ने उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया