आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

नेपाल व्यवस्थापन संघ Management Association Nepal (MAN) द्वारा हालै आयोजित एक कार्यक्रम बिच आइएमई जनरल इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई निर्जीवन बिमा कम्पनी मध्ये उत्कृष्ट व्यवस्थापक घोषणा सहित Outstanding Management Award 2022 बाट सम्मानित गरेको छ । कार्यक्रममा सहभागी बनेका युगेशभक्तले उक्त सम्मान ग्रहणको क्रममा नेपाल व्यवस्थापन संघलाई धन्यवाद दिइएका छन् ।

आइएमई जनरल इन्स्योरेन्सले निर्जीवन बिमा बजारमा उत्कृष्ट स्थान हासिल गर्न सफल हुन महत्त्वपूर्ण योगदान पु¥याउने सम्पूर्ण सेवाग्राही, शेयरधनी ,कर्मचारी तथा नियामक निकाय सहित सञ्चार क्षेत्रमा कृतज्ञता ज्ञापन गरेका थिए । उक्त समारोहमा श्रेष्ठले, सो सम्मानले कर्म क्षेत्रमा क्रियाशील रहन थप हौसला प्राप्त भएको बताए । आगामी दिनमा कम्पनीका सबै प्रकारका बिमा सेवा थप परिष्कृत गर्दै डिजिटल माध्यम प्रयोग मार्फत सहज र सरल रूपमा सेवा उपलब्ध गराइने जानकारी गराइएको थियो ।

कम्पनीले सधैँ सामूहिक कार्यमा विश्वास गर्ने भएकोले आगामी दिनमा पनि यस अघि जस्तै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त हुनेमा उनको विश्वास रहेको बताइएको छ । नेपालको निर्जीवन बिमा बजारमा एक अग्रणी बिमा कम्पनीको रूपमा आइएमई जनरल इन्स्योरेन्सलाई स्थापित गराइने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइएमई जनरल इन्स्योरेन्स लि.लाई यस अघि अमेरिकी क्ष्लतभचलबतष्यलब International Brand Consulting Corporation (IBC), ले Asia’s Most Trusted Company Award 2019 तथा World HRD Congress n] Asia’s Best Employer Brand Awards 2021 बाट समेत सम्मानित गरिएको बताइएको थियो ।

तपाईको प्रतिक्रिया