आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

चलचित्र सम्पादक प्रेम शर्माद्धारा अभिनीत तेस्रो म्युजिक भिडियो “कस्ले दिन सक्छ र खुसी” बजारमा आएको छ । प्रेम र बिछोडको श्रंखलालाई समेटिएको उक्त म्युजिक भिडियोमा नायिका सविता खड्काको रोमाञ्चक अभिनय समेटिएको छ । प्रेम शर्माको निर्देशन र सम्पादनमा तयार पारिएको म्युजिक भिडियो हालसम्म १० हजार डाउनलोड भई नेपाली म्युजिक भिडियोको बजार लोकप्रिय हुन सफल हुँदै गएको बताइएको छ ।

म्युजिक भिडियोमा प्रेम शर्मा र “गरिमा” पारिवारिक टेलि सिरियलकी मुख्य कलाकार सविता खड्काकाको जोडीलाई दर्शकले अत्यधिक मनपराएका छन् । उता कलाकार केशव आचार्य तथा बाल कलाकारमा कञ्चन कट्टेल समेटिएको सो भिडियोको गीतमा एनिस एनञ्जल राईको शब्द, सङ्गीत र स्वरले कर्णप्रिय बनाएको छ । त्यस्तै बुद्ध स्याङवाको एरेञ्ज, रोबट लिम्बु ‘सुब्बा’को रेकर्डिङ, मीन विष्टको मिक्सिङ ,माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क) को पार्श्व सङ्गीत छ ।

भिडियोमा नायक प्रेम शर्माकै अघि नायिका अर्का कलाकार केशव आचार्यसँग मन्दिरमा इन्गेजमेन्ट हुने बिछोडको दृश्यले दर्शकको मन छोएको छ । उता मुख्य नायक प्रेम शर्मा बिछोडको पिडाले छटपटाउँदै गर्दा फेरी आफ्नो प्रेमीकालाई त भेटाउँछन् तर दुवै जना मारिन्छन् ।

हास्य टेली चलचित्र प्रस्तुत गर्ने कोचे मल्टिमिडियाले भिडियोको पोस्ट प्रोडक्सन गरेका हुन् । ह्वाइट साउन्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाङ्कन र बालकुमारको ड्रोन रहेका छन्, भने एक्सन शंकर महर्जनको तथा ज्ञानु झाको आर्ट वर्क रहेको छ ।

तपाईको प्रतिक्रिया