आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

काठमाडौँ, आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको हालै सम्पन्न चौथो वार्षिक साधारणबाट कम्पनीलाई अन्य जीवन बिमा कम्पनीमा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिई स्वीकृत गरिएको कम्पनीले जनाइएको छ । त्यस्तै सोही सभाले कम्पनीको आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरू समेत पारित गरेको बताइएको छ ।

उक्त वार्षिक साधारण सभाको सभापतित्व कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका थिए । सो अवसरमा उनले, बिमा व्यवसायमा पर्याप्त जनचेतना तथा दक्ष जनशक्तिकोको अभाव रहेको बताएका थिए । यसकारण बिमा व्यवसाय सम्बन्धी साक्षरता अभिवृद्धिलाई कम्पनीले अवसरको रूपमा लिइएको छ । बिमा सम्बन्धी जनचेतना र बिमा सेवाको पहुँच न्यून आयस्रोत भएको नागरिकसम्म पु¥याउन कम्पनी कटिबद्ध रहँदै आएको छ । आगामी दिनमा कम्पनीका बिमा सेवाहरू चुस्त तथा छिटो छरितो रूपमा उपलब्ध गराउन प्रविधि प्रयोगलाई जोड दिइने उनले बताए ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष अर्यालले आई.एम.ई.लाइफ इन्स्योरेन्सको प्रगतिमा निरन्तर सुझाव र सहयोग दिने शेयरधनीहरु, त्यस्तै कम्पनी प्रति अथाह विश्वास गर्ने समस्त बीमित सेवाग्राहीहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।

कम्पनी, चौथो वार्षिक साधारण सभासम्म पुग्न सफल हुनु सहयोग पु¥याउने तथा मार्ग निर्देशन गर्ने सकारी तथा निजी क्षेत्रका निकाय प्रति हार्दिक कृतज्ञता व्यक्त गरेका थिए । यो चार वर्षे कार्य सफल हुनमा नेपाल सरकार, बिमा समिति, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड लगायत सम्पूर्ण नियमनकारी निकाय त्यस्तै सम्पूर्ण बिमा कम्पनीहरू, पुनर्बीमा कम्पनी, अभिकर्ताहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाको सहयोग प्रति विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया