आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

कोरोना महामारी फैलिएसँगै विदेशी पर्यटकको आगमननै बन्द हुँदा पर्यटन क्षेत्रले उच्च व्यवसायीक घाटासँगै राज्यको वैदेशिक  मुद्रा  आम्दानीमा प्रत्यक्ष असर परेको छ । सन २०१९ को अन्तसम्म नेपालमा वार्षिक १२ लाख भन्दा बढी पर्यटकको आगमन हुने गरेको नेपाल पर्यटन बोर्डको अध्ययनले देखाएको छ । महामारी बिच नेपालका पर्यटकीय स्थलहरूमा आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थितिले पर्यटन व्यवसायलाई टिकाउन सकिने वरिष्ठ पर्यटन व्यवसायी विशवेस श्रेष्ठ बताउँछन् । आन्तरिक पर्यटकको सहभागिताले पर्यटन क्षेत्रको कुल क्षमताको हाल ३० प्रतिशत सञ्चालन हुन सम्भव भएको छ । किनकि सन २०२२ को फेब्रुअरीमा मात्र ३७ हजार विदेशी पर्यटक भित्रिएकोमा भारतीय पर्यटकको संख्या उच्च रहेको नेपाल पर्यटन बोर्डले जनाएको थियो ।

चा.लु आ.वको अप्रिल सम्ममा पर्यटन बोर्डका अनुसार पर्यटक आगमनमा ८० प्रतिशत सुधार देखिएपनि घुमघामको मौसममा नेपालका आकर्षक पर्यटकीय स्थलहरूमा नेपालीहरूको बाक्लो उपस्थिति देखिन थालेको उनले बताए । तर कोभिड संक्रमण पछि पर्यटन व्यवसाय थेगेको आन्तरिक पर्यटन प्रोत्साहनको प्याकेज सरकारले ल्याउन नसकेको उनले आरोप लगाएका छन् ।

पर्यटन क्षेत्रका उच्च लगानी भएका होटेल व्यवसाय यही आन्तरिक पर्यटकले थामिएको छ । होटेल सहित ट्रेकिङ , जंगल सफारी लगायतका पर्यटकीय सेवा उपभोग गर्नेमा नेपालीहरू आकर्षित हुँदै गएकोले आन्तरिक पर्यटनलाई प्राथमिकता दिइनु पर्दछ । हाल नेपालमा निर्माण भएका तारे होटेलमा पर्यटक सत्कारका लागि ४० हजार कोठा तैयारी अवस्थामा छ , यसतर्फ वित्तीय ऋण लगानी ३७ अर्बमा पुगेको राष्ट्रबैकले जनाएको थियो ।

आन्तरिक पर्यटक

नेपालमा पर्यटन व्यवसाय सन १९५० को दशक देखी सुरु भएकोमा, सन १९९६ को माओवादी द्वन्द्वले पर्यटक आगमनमा केही आएको पाइन्छ । त्यस्तै सन २०१५ को विनाशकारी भूकम्पको बेलामा समेत पर्यटक आगमन संख्या ७ लाख ९० हजार पुगेको थियो । तर सन २०२० मा भ्रमण वर्ष मनाउन सम्पूर्ण तयारी पछि सुर भएको कोरोना संक्रमण पछि हालसम्म पर्यटन व्यवसाय तङ्ग्रिन सकेको छैन ।

नेपाल आउने विदेशी पर्यटकले प्रत्येक रात बसोबास तथा खानामा रु.७००० हजार खर्च गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । यसको दाँजोमा नेपालीहरू रु. ५००० हजार खर्चिने गरेकोले होटेल तथा पर्यटनसँग आबद्ध रहेका व्यवसाय टिकाउन केही सहज भएको उनले बताए । नेपालको आकर्षक पर्यटकीय स्थलहरू मध्ये चितवन तथा पोखरा लगायतका होटलहरु शुक्रवार, शनिवार र आइतबार आन्तरिक पर्यटकले खचाखच भरिने गर्दछन् । यसबाट उत्साहित भई पोखराको सारङकोटमा केबुलकार त्यस्तै लमजुङमा बन्जीजम्प लगायतका आकर्षणहरू तीव्र गतिमा थपिने क्रम जारी छ ।

नेपालभरका पर्यटकीय होटलहरु तीस प्रतिशत अकुपेन्सी सहित सञ्चालनमा रहेकोले न्यून कर्मचारीबाट सञ्चालन खर्चमात्र धान्न सम्भव भएको हालको यर्धाथ रहेको उनले बताए । तर यही पर्यटन व्यवसायबाट बैंक व्याज लगायतका होटेलका अन्य खर्च धान्न सकिदैन् । अर्कोतर्फ बुकिङ क्षेत्रबाट होटेलमा गरिएको ऋण लगानीमा उच्च व्याज वृद्धि गरिएबाट पर्यटन व्यवसायी दोहोरो चेपुवामा पर्न थालेको छ । पर्यटन क्षेत्रमा कोरोना अघि ५–७ लाख व्यक्ति प्रत्यक्ष रोजगारमा संलग्न हुँदै आएकोमा करिब ७० प्रतिसतले रोजगारीबाट हातधुनु परेको छ ।

पर्यटन क्षेत्र पूर्णरुपमा लयमा फर्कन करिब ३ वर्ष भन्दा बढी समय लाग्नेछ । यशसँगै नेपाल आउने विदेशी वायुसेवा कम्पनीका उडान नियमित हुन थप समय लाग्नेछ । पर्यटन क्षेत्रलाई उकास्न क्षेत्रले तयारी सुरु गरेसँगै सरकारी तहबाट टेवादिन जरुरी छ ।

सरकारले हालै सुरु गरेको सप्ताहको दुईदिने बिदाको निर्णयले समेत आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुने सम्भावना उच्च हुन्छ । उता आन्तरिक पर्यटनमा नागरिकबाट गरिएको खर्चमा आयकर नलाग्ने वा भ्याट छुटको सुविधाले समेत आन्तरिक पर्यटन प्रोत्साहनमा सहयोगी हुने थियो, तर अफसोस सरकारी निकायबाट तैयार पारिएका नितीनियम कार्यान्वयन नै हुँदैन ।

 

 

 

तपाईको प्रतिक्रिया