आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

सुशील थापा राजनीतिक परिवेशमा नयाँ नाम भएपनि स्वास्थ्य क्षेत्रमा सामाग्री तथा उपकरण आपूर्ति गर्दे उनले तीन दशक बिताई सकेका छन् । व्यवस्थापन क्षेत्रमा अब्बल,उनी सिक्स सिग्मा ब्ल्याक-बेल्ट नामक उपाधि सन २०१० मा हासिल गरिसकेका छन् । यस पटकका स्थानीतहको चुनावमा उनी काठमाण्डौं महानगरका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार हुन ।

मेयर पदमा उम्मेदवार हुनुको कारण र उनको कार्ययोजनाका विषयमा सुशील थापासँग गरिएको छोटो कुराकानी ।

देशको ७५३ स्थानीय तह मध्ये सबैभन्दा बढी ११९ संख्यामा रहेका बागमती प्रदेशको स्थानीय तह रहेको काठमाण्डौं महानगरको, ढल तथा फोहर प्रमुख दुई समस्याको व्यवस्थापन रहेको छ । उनका अनुसार व्यवस्थापनमा प्रमुख ५ शीर्षकलाई अनुसरण गर्दे काठमाण्डौंका समस्या सहजै व्यवस्थापन गर्न सकिन्छ । काठमाण्डौंका समस्यालाई राजनीतिक पार्टीले प्राथमिकतामा नराखी मात्र भागबन्डाको राजनीति हुँदै पार्टीले हालसम्म सक्षम व्यक्ति मेयर पदमा ल्याउन नसकेकोले आफूले उम्मेदवारी दिएको बताए ।

व्यवस्थापनमा विगत ३ दशक देखी पूर्ण दखल भएकोले सुशीलको व्यवस्थापकीय कौशलबाट उपलब्ध बजेटको उचित परिचालन हुन सक्छ । जुन व्यवस्थापिका ज्ञान भएका व्यक्तिबाट मात्र सम्भव हुने गरेको उनको दाबी छ । यस्तै जनशक्तिको परिचालन तथा गुणस्तरीय पूर्वाधार निर्माण लगायतका विषयले प्रश्रय पाउनु पर्ने ,उनले बताए । पूर्वाधार निर्माणमा कमिसनका कारण गुणस्तरहीन सामाग्री प्रयोग भएपछि बजेट खोलामा बगाएसरह भएको छ ।

सुशील थापा

यस अघिका मेयरमा व्यवस्थापकीय कमजोरीका कारण ढल, फोहर लगायतका सम्पूर्ण समस्या विगत तीस वर्षदेखी उस्तै छन् । बजेट,जनशक्ति,टेन्डर आवहनको उचित समय तथा नगरपालिकाका पदाधिकारी बिच समन्वय नभएको आरोप लगाउँदै प्रत्येक तहमा व्याप्त सिन्डिकेटले योजना अनुरूप काठमाण्डौंको विकास हुन नै सकेको छैन ।

काठमाण्डौं मेयर पदमा उत्कृष्ट व्यवस्थापक चाहिएकोले, विगत तीस वर्ष देखि यही क्षेत्रमा क्रियाशील मेरो व्यवस्थापनको आवश्यकता देखिएको छ । व्यवस्थापनको सूत्र उही हो मात्र परिस्थिति फरक हुने गर्दछ । वायुसेवा निगम लगायतका सरकारी सस्थाहरु अस्तव्यस्त हुनुमा कमजोर व्यवस्थापनको उदाहरणको रूपमा लिन सकिन्छ । बिद्युत प्राधिकरणमा कुलमान घिसिङले त्याहांका २५०० जनशक्ति तथा स्रोतको उचित परिचालनले लोडसेडिङ धेरै हदसम्म नियन्त्रण हुनुमा दक्ष व्यवस्थापनलाई लिन सकिन्छ । हाल काठमाण्डौंका ६० लाख नगरबासीले त्यही व्यवस्थापन खोजेका छन् ।

उनको टोलीमा उपमेयरको पदका दाबेदार रिङकु क्षेष्ठ छन् । उनले पनि विगत २७ वर्षदेखि स्वास्थ्य क्षेत्रका राष्ट्रिय गौरवका प्रतिष्ठानहरू निर्माण गर्नमा बिताएकी छिन् । रिङकु क्षेष्ठले मनमोहन मेमोरीयल हस्पिटल त्यस्तै ह्याम्स, टेस्ला लगायतका स्वास्थ्य संस्थाको सफल निर्माण गरी सुम्पिएको रेकर्ड कायमगर्न सफल भएकी छिन् । उनी पछिल्लो पटक नेपाल–भारत मैत्री हस्पिटल निर्माणका सल्लाहकार समेत रहेकी थिइन् ।
देशको प्रमुख प्रदेश न.३ जसलाई सास्कृतीक महानगरीको उपनाम दिइन्छ त्यही स्थानका मन्दिरको उचित व्यवस्थापन हुन सकेको छैन । जताततै फोहर ,नदीहरूको दोहन नियन्त्रण हुन नसकी निलो पानीको सट्टा कालो पानी बग्नुमा व्यवस्थापन हुन नसकेको, उनले बताए । त्यसकारण महानगर बासीले डेट एक्सपायर भैसकेका पुराना नेताका गफको पछाडि नलागी क्षमताबान व्यवस्थापकलाई मेयरमा ल्याउनु पर्दछ ।

उनले मेयरको पदमा आएपछिको पहिलो वर्षको कार्य योजनामा फोहर व्यवस्थापनलाई प्राथमिकतामा राखिने बताए । जसकोलागि शून्य फोहर युक्त शहरको मोडालीटी तैयार परिएको छ । त्यस्तै महिलाहरूका लागि बेग्लै सार्वजनिक यातायातका बस, ३२ वटै वडामा सुलभ शौचालय, वृद्धहरूको स्वास्थ्य उपचारका क्ल्निीक तथा सुरक्षाका सम्पूर्ण मापदण्ड सहीतका १२ प्रकारका परियोजना सञ्चालन गरिने योजना बताएका छन् । त्यस योजनामा नगरवासीलाई आगलागीबाट सुरक्षाका लागि पर्याप्त वारुणयन्त्र सहित उच्चस्तरीय शिक्षा प्रदान हुने १५ विद्यालय सुरु हुनेछ ।

काठमाण्डौंको पूर्ण विकासको लागि बीग पिकचर अफ काठमाण्डौं निर्माणमा शोधकार्य गरिनेछ । शहरी क्षेत्रमा रहेका मन्दीरहरुको डिजिटल रेकर्ड सहित संस्कृतिको संरक्षणमा उनको टोली क्रियाशील रहने, दाबी गरेका छन् । बजेट खर्चलाई पारदर्शी बनाइदैं भ्रष्टाचार नियन्त्रण गरी सफा सुरक्षित र भव्य महानगर निर्माणको उनले प्रतिबद्धता जनाएका छन् । महानगरको द्रुतगतीको विकासका लागि हालको २० अर्बको बजेटलाई ३५ अर्बमा पुर्‍याइनेछ । बजेट स्रोतका लागि करका दायरा वृद्धि मध्ये घरबहाल कर लगायतका शीर्षकबाट महानगर विकास बजेटको पर्याप्त स्रोत छन् मात्र उचित व्यवस्थापनको आवश्यकता भएकोले नगरबासीले दक्ष व्यवस्थापकलाई मेयर पदमा ल्याउने, उनले विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया