आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

रुस–युक्रेन युद्धले दक्षिण एसियाको अफ्रिकी मुलुकहरूमा खाद्य तथा पेट्रोलियमको चर्को मूल्य वृद्धिको मुख्य कारण भएको अन्तर्राष्ट्रिय मुद«ा कोषले जनाएको छ । अफ्रिकी देशहरू, नाइजेरिया, घाना, बोत्सवाना, जिम्बावे लगायतका राष्ट्रमा खाद्य तथा पेट्रोलियमको मूल्य १२.२ प्रतिशतले वृद्धि भएको कोषले जनाएको छ । यसबाट अफ्रिकी महाद्विपका दुई ठुला अर्थतन्त्र भएको राज्य दक्षिण अफ्रिका र नाइजेरियाका अर्थतन्त्र नराम्रोसँग प्रभावित भई आर्थिक वृद्धि दर बितेका दुई दशको सबै भन्दा न्यून रहने जनाइएको छ । यसै बिच जिम्बावेमा १ अमेरिकी डलरको सटही दर ४०० जिम्बावे डलर पुगेको छ , जुन यसअघि १६० मात्र रहेको बुल्मबर्ग पत्रिकाले जनाएको छ ।

ब्राजिलमा खाद्य पदार्थको ४० प्रतिशत मूल्य वृद्धि हुन पुगेको वाल स्ट्रिट जर्नलले समाचार माध्यमले बताएको छ । ब्राजिल विश्वको सबैभन्दा ठुलो गंहु उत्पादक हुन सफल भई वार्षिक ११ मिलियन टन गंहु उत्पादन गर्दे, विश्वमा गंहु निर्यात गर्ने राष्ट्र मध्ये दशौँ स्थानमा पर्दछ छ । उता रुस तथा युक्रेनका गंहुमा समेत विश्वका ५० भन्दा बढी राष्ट्र निर्भर रहेका छन् । युक्रेन, युद्धका कारण अति प्रभावित भएको मौकामा ब्राजिलले गंहुको मूल्यमा थप वृद्धि गर्दे गएकोमा युरोपेली मुलुकहरू चिन्ता व्यक्त गरेको छन् ।

रुसले युद्धलाई मलजल गर्न उसको ग्यास तथा तेल प्रयोग गर्ने युरोपेली मुलुकहरूलाई रुबललाई भुक्तानीका दबाब दिन थालेको छ । युरोपका राष्ट्रहरुसंग रुसी ग्यास तथा तेल प्रयोगमा हाल विकल्प नरहे बताइसकेका छन् । यो रणनीतिले रुसलाई युद्धमा आर्थिक सहयोग पुगी उसको मुद्रा रुबललाई बलियो बनाउन समेत सहयोग पुग्छ ।

तपाईको प्रतिक्रिया