आइतबार, आश्विन ०९, २०७९  |  Sunday, September 25, 2022

कार्टुनकलामा दक्ष कार्टुनिस्ट देवेन्द्र थुम्केली अरनिको युवा कला पुरस्कार–२०७८ बाट सम्मानित भएका छन् । उनी विगत दुई दशक देखी विभिन्न छापा समाचार माध्यमका कार्टुन तथा कला संयोजकको रूपमा जिम्मेवारी सम्हालिसकेका, उनी नेपाल पत्रकार महासङ्घ अन्तर्गतको एसोसिएट तर्फका नेपाल कार्टुनिस्ट क्लबका वर्तमान उपाध्यक्ष समेत हुन् ।

कलाकार जीवन वृत

नेपाली ललित कला तथा यस सम्बन्धी लेख रचना प्रकाशन गर्दे आएकोले उनको, यही नेपाली कला प्रतीक लगावको सराहना गर्दे अरनिको युवा कला पुरस्कार–२०७८ बाट सम्मानित गरिएको आयोजक राष्ट्रिय युवा कोषले जनाएको छ ।

उनले यसअघि यही वैशाख २०७९ मा पारिजात कला सम्मान,राष्ट्रिय ललितकला लेखन पुरस्कार त्यस्तै दर्जनौँ संस्थाबाट कला संयोजन गरेबापत पुरस्कृत भइसकेका छन् । उनको थाङ्का र पौवा कलाकारहरूको जीवनीमा आधारित “कलाकार जीवन वृत” पुस्तक २०७८ सालमा प्रकाशित भएको थियो ।

 

तपाईको प्रतिक्रिया