शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

नेपाली मदिरा बजारमा छोटो समयमा उत्कृष्ट ब्रान्ड हुन सफल भएको यती डिस्टिलरीको उत्पादन 8848 Vodka र  Old Durbar Black Chimney हवीस्कीले क्यालिफोर्नियाको , सानफ्रान्सीसको आयोजीत विश्व मदिरा प्रतियोगितामा २०२२ मा गोल्ड तथा डबल गोल्ड पदक पाउन सफल भएको छ । सन २००० देखी सुरु भएको यस विश्व मदिरा प्रतियोगितामा विश्वका सबै मदिरा उत्पादकको सहभागिता रहने गर्दछ । यती डिस्टिलरीको यो सफलताले 8848 Vodka र Old Durbar Black Chimney हवीस्कीको अन्तर्राष्ट्रिय बजार प्रवेश सहज बनाएको छ ।

फोब्स म्यागेजिनका अनुसार यस प्रतियोगितामा सहभागी ब्रान्डहरूका उत्पादन प्रक्रिया स्वाद, उपभोक्ताक्ताको रोजाइ तथा विज्ञ निर्णायक मण्डलले अनुमोदन गरेपछि मात्र विजेता घोषणा गरिन्छ । विश्व मदिरा प्रतियोगिताका आयोजकका अनुसार गोल्ड पदकले मदिरा बजारमा विशेष प्रकारको मदिरा ब्रान्ड भएको बुझाउँछ । त्यस्तै डबल गोल्ड पदकले विश्वकै उत्कृष्ट ब्रान्डको परिचय दिने बताइन्छ । त्यस प्रतियोगितामा विश्वका ७० मदिरा विज्ञले ५००० ब्रान्डको अध्ययन गरी मापदण्ड भित्र पर्न सफल अन्य मदिरा उत्पादकहरूले समेत स्वर्ण तथा कांस्य पदक हासिल गरेकाको जनाइएको छ ।

तपाईको प्रतिक्रिया