शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा ५ घण्टा बिताएर फर्किएका छन् । उनी दिल्लीबाट कुशीनगर हुँदै नेपाल भारतीय सेनाको विशेष विमानबाट नेपाल आएका हुन । सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आएका मोदीको तेस्रो नेपाल भ्रमण हो ।  मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार लुम्बिनी पुगिसकेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तर तथा प्रतिनिधि मण्डलस्तर द्विपक्षीय भेटवार्ता र बुद्ध बिहारको शिलान्यास लगायतका कार्यक्रमहरू सम्पन्न भएका छन् ।

मोदी बिहान १० बजेर ४० मिनेटमा लुम्बिनी क्षेत्रमा अवतरण गरेका थिए । उनलाई परराष्ट्र मन्त्री डा. नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत उच्च अधिकारीले लुम्बिनीमा स्वागत गरेका हुन । दुवै देशका प्रधानमन्त्रीले सँगै मायादेवी मन्दिरमा पूजाआजा गरेको जनाएको छ । भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास पछि, आईबीसीले निर्माण गर्ने उक्त बौद्ध बिहार एक अर्ब ६० करोड भारतीय सहयोगमा निर्माण हुन लागेको कोषका योजना प्रमुखले जानकारी दिएका छन् ।

मोदीको स्वागतमा प्रधानमन्त्री देउवाले आयोजना गरेको दिवा भोजमा सहभागी पछि मोदीले केही घण्टा विशिष्ट तहका व्यक्तिहरूसँग भेटघाट तथा छलफल तथा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो । बेलुकी तीन बजेदेखि लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औँ बुद्ध जयन्ती मूल समारोहमा भाग लिएका थिए । उनले बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गरेका थिए । त्यसपछि मोदी आजै इन्डियन एयरफोर्सको विमानमा ५ बजे भारतको कुशीनगर फर्किने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया