शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

ज्येष्ठ महिनाको पहिलो शुक्रवार देखी पहिलो पटक सेयर कारोबार हुने भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । सरकारले शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने पनर्णण गरेसङै आज शुक्रवार पनि पहिलोपटक कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो । यस अघि शेयर कारोबार साताको पाँच दिन आइतबार देखी बिहीबारसम्म हुँदै आएको थियो । सरकारको निर्णय अनुसार १ ज्येष्ठ देखी आइतबार पनि सार्वजनिक बिदा लागू भएसँगै आइतबारको सट्टा शुक्रवार कारोबारको दिन थपिएको छ ।

बिहीबार शेयर बजार परिचुक नेप्से २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा आइपुगेको थियो । स्थानीय निर्वाचन पछि बजारले प्रस्ट दिशा समाउन नसकेपछि लगानीकर्ताहरू अलमलमा परेको देखिएको छ । बैकको तरलता समस्या र चर्को व्याजकाकारण लगानीकर्ताहरू निराश बनेका छन् । यस साताको पांचौ दिन बिहीबार १९ कम्पनीको सेयर मूल्य बढ्दा एकसय ६९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो । बजारमा धितोपत्र र ऋणपत्रको कारोबारमा आएका दूईसय १९ कम्पनीका करिब ३८ लाख कित्ता शेयर खरिद– बिक्री भएको थियो । कारोबार रकम एक अर्ब ३० करोड रुपैंयामा सीमित भएको छ ।

कारोबार भएका कम्पनी मध्ये प्रभु बैंकको प्रोमोटर सेयर , एनआइसी एसिया लघुवित्तको प्रमोटर सेयर, अरुण भ्याली हाइड्रोपावर, अरुण कावेली कम्पनीका सेयर तीन करोड देखी १२ करोड ८१ लाख रुपैंया बराबरको कारोबार भई यिनका लगानीकर्ताहरूले कमाएका छन् । त्यस्तै जनरल इन्स्योरेन्स, मैलुङ खोला कम्पनीका सेयर मूल्य २.९४ देखी ७.४५ प्रतिशतले बढेको थियो ।

हिजो कारोबारमा आएका १३ वटा उपसमूहका सूचकमध्ये १२ वटा समूहका सूचक घटेका थियो । तर म्युचलफण्ड समूहका सूचक सामान्य रहेको थियो । त्यस्तै विकास बैंक र फाइनान्स समूह २ प्रतिशतले घटेको छ । तर जलविद्युत तथा माइक्रोफाइनान्स समूहका सूचक १ प्रतिशतले वृद्धि भएको थियो भने लुम्बिनी जनरल इस्योरेन्स, युनियन हाइड्रोपावर,सूर्योदय लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स तथा हिमालय ऊर्जा विकास कम्पनीका सेयर मूल्य ४–७ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया