शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

आइएमई समूहको आइएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवद्र्घन गरिएको आइएमई पे एपबाट हवाई टिकट बुक गर्दा भाग्यशाली यात्रुले सुनको सिक्का जित्ने योजना सार्वजनिक गरेको जनाइएको छ । आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले प्रत्येक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको कम्पनीले जनाएको छ । यसको अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकटको खरिदमा दैनिक १ भाग्यशाली विजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली विजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नेछन् ।

हवाई सेवा हाल सबैको उच्च प्राथमिकतामा पर्दे यातायातको सहज माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रामा प्राय यात्रुले हवाई सेवालाई रोज्ने यात्रुहरूलाई सहज यात्राको लागि आइएमई पे एप जस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्ने सुविधा उपलब्ध गराएको छ । आन्तरिक पर्यटनमा यात्रुहरूलाई हवाई यात्रा तर्फ प्रोत्साहन गर्दे पुराना यात्रुहरूलाई अभिप्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको जनाइएका छ ।

यस योजनामा कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । जस अनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरू यस योजनामा सहभागी हुन पाउनेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये प्रत्येक हप्ता ५ भाग्यशाली विजेताले १ चाँदीको सिक्का प्राप्त गर्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक १५ दिनमा १ भाग्यशाली विजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया