शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

सेञ्चुरी कमर्सियल बैंक लि. ले सेवा विस्तार गर्दे मिति २०७९ जेठ १७ गतेदेखि पथरी र इनरुवा शाखाबाट सेवा दिने जनाएको छ । बैंकले मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी र सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१, भगवती रोडमा इनरुवा शाखाबाट सेवा शुभारम्भ गरेको हो ।

पथरी शाखा बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई त्यस्तै पथरी शनिश्चरे नगरपालिकाको मेयर, मोहन प्रसाद तुम्वापोले पथरी शाखाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष श्रीमती आशा राई लगायत बैंक कर्मचारी तथा स्थानीय बासीहरूको उपस्थिति रहेको बताइएको छ ।

इनरुवा शाखा, बैंकका सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुक्तरुवमा उद्घाटन गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित इनरुवा नगरपालिकाका उपमेयर श्रीमती विनीता मेहता, पूर्व मेयर गोपाल कोइराला तथा इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटलले उपस्थिति जनाएका थिए ।

बैंकको २०७८ चैत्र मसान्तसम्म रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जातर्फ रु. ८९ अर्ब ६५ करोड लगानी गरेको जनाइएको छ । सोही अवधिमा बैंकले १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत आ.ब को तुलनामा १८३.५९ प्रतिशतले वृद्धि भएको हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने उद्देश्यका साथ देशका विभिन्न स्थानहरूमा शाखा तथा शाखा रहित बैंकिङ्ग सहित एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । नयाँ थप दुई शाखा सञ्चालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ । हाल बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया