शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

अटो क्षेत्रको अत्यधिक लोकप्रिय मेला “नाडा अटो” शो २०२२ भदौ ७ गते देखि सुरु हुने नेपाल अटोमोवाइल्स डिर्लस एसोसिएसन अफ नेपाल (नाडा) ले जनाएको छ । यस वर्षको ‘नाडा अटो शो’ का लागि बिहीबारदेखि स्टल बुकिङ खुला गरिएको संघले जनाएको छ । यसअघि कोभिड १९ को संक्रमणका कारण दुई वर्षसम्म आयोजना हुन सकेको थिएन । अटो शोको १५ औँ संस्करणका लागी आउन चाहने सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितका लागि स्टल बुकिङ रजिष्ट्रेशन यही जेठ २६ देखि ३० गतेसम्म खुल्ला गरिएको बताइएको छ ।

यस पटकको अटो शोमा पहिलेको जस्तै २ पाङग्रे, ४ पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट तथा ग्यारेज उपकरणहरूलाई समूह सहभागी हुनेछन् । भृकुटी मण्डपमा आयोजना हुने उक्त मेलाका लागि सीमित स्थान भएकोले गोला प्रथाद्वारा स्टल उपलब्ध गराइने छ । त्यस्तै अटो तथा पार्टसका डिर्लसहरुका लागि व्यवस्था गरिएको स्थान अनुसार रजिष्ट्रेशन गर्न मिल्ने नाडाले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

अटो क्षेत्रमा पछिल्ला दिनमा विशेषगरी कमर्शियल भेहिकलको बढ्दो आकर्षणले अवलोकनकर्ताहरू माझ उच्च चासोको विषय बन्दै गएको छ । त्यसकारण यसपटक देखी कमर्शियललाई भेहिकलका पनि स्टल बुकिङ खुल्ला गरिएको नाडाले जनाएको छ ।

तपाईको प्रतिक्रिया