शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

माननीय अर्थ मन्त्री जनार्दन शर्माले हालै आगामी आ.व २०७९–०८० को लागि संसदमा बजेट पेस गरिसकेको छन् । उक्त बजेटमा २०० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधन तथा मोटरसाइकलहरूमा भन्सार तथा अन्तःशुल्क महसुलमा अत्यधिक वृद्धि गरिएकोले सरकारी यस नीतिबाट २०० सि.सि भन्दा माथिका मोटरसाइकल तथा विद्युतीय सवारी साधनका व्यवसायीहरूले, व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था उत्पन्न भएकोले तत्काल सो महसुल दर सच्याउन नाडाले सरकारलाई आग्रह गरेको छ ।

नेपालमा उत्पादित विद्युत् खपतलाई उच्च बनाउन समेत विद्युतीय सवारी साधनको अन्तःशुल्क तथा भन्सार महसुल दर घटाउन सुझाव दिइएको छ । नेपाली विद्युत्को प्रयोगले भारतबाट आयात हुने पेट्रोलियम पदार्थको विकल्प समेत बनेको छ । यस प्रयासले छिमेकी मुलुकसँगको व्यापार घाटालाई कम गर्ने सहयोगी हुने देखिएको छ । जलविद्युतको उच्च प्रयोग सवारी साधनहरूमा हुँदा , विदेशी मुद्रा बचत हुने सम्भावनालाई सरकारबाटै बेवास्ता गरिएको जनाइएको छ ।

प्रदूषण नियन्त्रण सहित विदेशी सरकारले वर्तमान विदेशी मुद्रा सञ्चितमा सुधार ल्याउने प्रयासमा निजी प्रयोजनका सवारी साधनहरूको आषाढ मसान्तसम्मका लागि आयातमा रोक लगाएको छ । सवारी साधन आयात नियन्त्रण नीतिले विदेशी मुद्रा संञ्चिति र बचतमा अभिवृद्धि नभएकोले अटो आयात प्रतिबन्धको सहज समाधान खोजिनुपर्ने सरकारसँग अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया