शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

भैरहवा राजश्व अनुसन्धान अधिकृत होमबहादुर पाण्डे कर छलीमा राजश्व अनुसन्धानले शून्य सहन सिलताको नीति अपनाएको धारणा प्रस्ट पारेका थिए । उक्त नीतिका बारेमा उनले नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल केन्द्रीय तथा लुम्बिनी अटोमोवाइल्स एसोसिएसनको संयुक्त आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरूका लागि १ दिने कर, भन्सार तथा भसिटीएस तालिम कार्यक्रममा बताएका हुन । कार्यक्रमको प्रमुख अतिथि गर्दे नाडाका अध्यक्ष ध्रुव थापाले, देश भर छरिएर रहेका सदस्यहरूको समस्या सरलीकरणको साथै व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि यस प्रकारको तालिम आयोजना गरिएको बताएका थिए ।

उक्त तालिम कार्यक्रममा भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरूले भन्सारमा अपनाउनु पर्ने विषय जानकारी दिँदै, उनले भन्सार प्रशासनलाई चुस्त बनाउन समेत व्यवसायी समुदायको सहयोग आवश्यक रहेको बताएका छन् । त्यस्तै भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा उपस्थित व्यवसायीलाई जानकारी दिए । उनका अनुसार व्यवसायीले जानेर वा नजानेर करमा समस्या भोग्नु परेको बताउँदै, तालिमले व्यवसायीलाई कर तथा राजस्वका विषयमा सचेतना जगाउन सहयोगी भएको बताए ।

तालीम कार्यक्रमको अध्यक्षता लुम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले गरेका थिए । उनका अनुसार नाडाले आफ्ना सदस्यहरूको क्षमता विकासको लागि यस प्रकारका प्राविधिक तालीम अति उपयोगी भएको बताए । साथै भोलिका दिनमा नाडा सँगको सहकार्यमा व्यवसायीहरूका लागि सोही प्रकारका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने तर्फ ध्यानाकर्षण गरेका थिए । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रूपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । नाडा सदस्य र अन्य आमन्त्रित सहित १२५ जनाको सहभागितामा रहेको जनाइएको छ ।

कार्यक्रममा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्र कुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्य मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया