शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

सन् २००१ देखी नेपाल राष्ट्र बैंक र नेगारा बैंक मलेसियाबाट इजाजत प्राप्त गरी आइएमई रेमिटेन्सले बैकिङ च्यानल मार्फत रेमिटेन्स कारोबार सुरु गरी २२ औँ वर्षमा प्रवेश गरेको जनाइएको छ । आइएमई रेमिटेन्सबाटै नेपालमा वैदेशिक मुद्रा वैधानिक रूपमा भित्रिन थालेको यस क्षेत्रका जानकारहरू बताउँछन् । आइतबार सम्पन्न उक्त स्थापना दिवस कार्यक्रममा माननीय अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्दै माननीय अर्थ मन्त्री जनार्दन शर्माले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउने क्रममा चुनौतीका चाङ पार गर्दे रेमिटेन्स क्षेत्रलाई उद्योगको स्वरुव रूपान्तरणमा आइएमईले गरेको योगदानको प्रशंसा गरिएको थियो । किनकि आइएमई रेमिटेन्सबाट ग्रामीण क्षेत्रको दुखी जीवनलाई सुखी बनाउन सहयोगी भएको, उनले बताए ।

उक्त कार्यक्रम आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । अध्यक्ष, चन्द्रप्रसाद ढकालले आफू वैदेशिक रोजगारीमा हुँदा सोही प्रकृतिको रोजगारीमा गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरिएको अतीत सम्झँदै बताए । आज आइएमई ब्रान्ड रेमिटेन्सको पर्यायवाची बन्न सफल भएको छ । । एउटा सानो कोठाबाट सुरुवात भएको आइएमई समूहले प्रत्यक्ष रूपमा ४०÷४५ हजारको संख्यामा रोजगारी सिर्जना गर्न सफल भएकोले आफू र आफ्नो टिम खुसी भएको बताए ।

आइएमई समूहका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली युवा बिदेसिन थालेको थियो । रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पु¥याउन एउटा माध्यम चाहिएको थियो । दुःखले आर्जित रकमसँग व्यक्तिको सपना र खुसी जोडिएको हुन्छ । त्यही सपनालाई वास्तविकतामा परिणत गर्दे जुन १२ सन २००१ मा, २२ वर्ष अघि आइएमईको जन्म भएको बताए ।

आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल

श्रम सचिव एकनारायण अर्यालले पाँच हजार श्रमिक रहेका विदेशका गन्तव्यमा आइएमई सेवा केन्द्र स्थापना गनपर्ने सुझाव दिएका थिए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले रेमिटेन्ससँग सम्बन्धित विभिन्न तथ्याङ्क प्रस्तुत गरेका थिए ।

माइग्रेन्ट विज्ञ तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङले आइएमईलाई आफूले स्थापना काल देखीनै चिनेको बताए । उनका अनुसार यस व्यवसायमा लागेर समपूर्ण लगानी डुबेर कंगाल हुन सक्ने अवस्था सम्मको जोखिम मोलेर ढकाल दाजुभाइले आजभन्दा २२ वर्ष अघि आइएमई स्थापना गरेको उल्लेख गरिएको छ । डा. गुरुङले अफ्रिकी देशहरूमा रेमिटेन्स सेवाका लागि आइएमईको जस्तै सेवा नक्कल गरिएको छ । त्यसकारण ढकाल दाजुभाइ र उनले नेतृत्व गरिरहेको आइएमई ‘फादर अफ रेमिटेन्स’ भएको बताए ।
साथै नेपाल सरकारका मुख्य सचिव , शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य दिएको जनाइएको छ ।

त्यस्तै मुख्य सचिव शंकरदास वैरागीले ज्ञान, सीप र अनुभवले विशेष अर्थ हुने गरेको, नमुना आइएमई रहेको बताउँदै रेमिटेन्सलाई औपचारिक प्रणाली मार्फत नेपाल भित्र्याउन थप सहकार्य गर्न सकिने बताए । अर्थ सचिव मधुकुमार मरासिनीले आइएमईले रेमिटेन्स संस्कृतिमा सुधार ल्याएको बताए । उनका अनुसार एउटा आइडियाले संसार बदल्न सक्छ । उनले, गाउँ गाउँमा आइएमई संस्कृतिको विकास हुँदै गएकोले, रेमिटेन्सबाट आएको पैसालाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्नु महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ , आइएमई समूहकै प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका सञ्चालक तथा सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले समेत सम्बोधन गरेका थिए । साथै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठले आज भन्दा २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफू जान आनाकानी गरेको स्मरण गर्दे अहिले आइएमईको यो फैलिँदै यो स्वरूप देखेर आफूलाई खुसी लागेको बताएका थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी सञ्चालन गरेको व्यक्ति तीन दशक नपुग्दै यो अवस्थामा आइपुग्नु उद्यमशीलताको एक विशिष्ट नमुना भएको बताउनुभयो ।

आइएमईका सञ्चालक समूहका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकको विशेष अप्ठ्यारा परिस्थितिमा समेत आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले सञ्चालन गरेकोले सम्मान स्वरूप एउटा भरपर्दो ब्रान्डको रूपमा स्थापित भएको बताए ।

अन्तमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले २१औँ वर्ष पुरा गनेँ क्रममा विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गरिसकेको बताइएको छ । विदेशमा श्रम गरेर नेपालमा रेमिटेन्स पठाउने सेवाग्राही, व्यावसायिक साझेदार, नियामक निकाय नेपाल राष्ट्र बैंक, हाम्रा सेवा तथा उत्पादनलाई सुसूचित गराइदिने मिडिया सबैसँगको सम्बन्धलाई अझ विस्तार गर्दै आगामी दिनमा थप परिष्कृत, सरल, प्रविधि युक्त, र भरपर्दो रेमिटेन्स सेवा प्रवाह गरिने प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया