शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

“द हिंड्न टेजर ” ले प्रत्येक वर्ष आयोजना गर्दे आएको मिस नेपाल स्पर्धामा यस पटक, २०२२ को स्पर्धामा विराटनगरकी नेन्सी खडकाले धमाकेदार इन्ट्री गरेकी छिन् । उनी राष्ट्रिय गीतमा सुमधुर आवाज दिने गायक सुमित खड्काको छोरी हुन् । गायक सुमतिका अनुसार न्यान्सी यसअघि पनि विभिन्न सुन्दरी स्पर्धामा सहभागी भइसकेकी छिन् । त्यस्तै सेण्टजोसेफ बोर्डिङ स्कुलबाट एसएलसी उत्तीर्ण गरी सेन्टजेभियर्स स्कुलबाट “ए” लेबल उर्तिण पछि छात्रवृत्तिमा अमेरिकाको क्यालिफोर्नियाबाट पत्रकारिता तथा मास कम्युनिकेसनमा स्नातक तहसम्म उच्च शिक्षा हासिल गरेकी छिन् । उनी बाल्यकाल देखिनै नृत्य तथा वाद्यवादन कलामा निपुण रहँदै आएकी छिन् ।

नेन्सीलाई भोट

विराटनगरमा जन्मेकी नव प्रतिभाशाली २३ वर्षीय नेन्सी, मिस नेपाल २०२२ स्पर्धाको टप २४ औ स्थान हासिल गर्न सफल भएकी हुन् । मिस नेपाल २०२२ मा अब टप १२ औ स्थानका लागि प्रतिस्पर्धा हुनेछ । उनले चुनौतीलाई सम्भावनामा परिणत गर्दे काठमाडौँ हुँदै विदेशमा गई उच्च शिक्षा हासिल गर्न सफल भएकी हुन । नेपाल र नेपालीको लागि केही गर्नुपर्ने सोच सहित नेपाल फर्किएकी उनको पारिवारिक स्रोतले बताएका छन् ।

विराटनगरकी नेन्सीलाई मिस नेपाल २०२२ स्पर्धामा जीत हासिल गराउन मोरङ समाज काठमाडौँ लागि परेको, समाजका अध्यक्ष, नरेन्द्र खतिवडाले बताएका छन् । उनका अनुसार मिस नेपाल देशकै सामाजिक सेलिब्रिटी हुने गरेकोले मोरङ समाजको प्रतिष्ठासँग गाँसिएका विषय हो । समाजले मोरङबाट प्रतिनिधित्व गर्दे यस प्रकारको राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा प्रतिभा देखाउने सबैलाई विभिन्न प्रकारका सहयोग गर्दे आएको अध्यक्ष, खतिवडाले जानकारी गराए ।

नरेन्द्र खतिवडा, अध्यक्ष– मोरङ्ग समाज काठमाडौं

मोरङकी चेली नेन्सी खडकालाई, मिस नेपाल २०२२ को स्पर्धामा विजय हासिल गराउन मोरङ समाज काठमाडौँको समेत दायित्व भएको, उनले बताए । नेन्सीले सन् २०२० को मिस युनिर्भसमा समेत नेपालको तर्फबाट प्रतिनिधित्व गर्दे उत्कृष्ट १० औँ स्थान हासिल गर्न सफल भएकी थिइन् । त्यसकारण, उनलाई मिस नेपाल २०२२ जस्ता ठुला मञ्चमा प्रस्तुत गरिने कलाका बारेमा सम्पूर्ण ज्ञान भएकोले यस पटक उनको जीत सुनिश्चित भएको उनको दाबी छ ।

नेन्सी खडकालाई मिस नेपाल २०२२ स्पर्धामा विजय हात पार्न मोरङ समाज तथा सबैले KHALTI एप डाउनलोड गरी नेन्सीलाई भोट दिई अत्यधिक मतले मिस नेपाल २०२२ को स्पर्धामा जिताउन, मोरङ समाज काठमाडौँका अध्यक्ष, नरेन्द्र खतिवडा सबैमा हार्दिक अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया