शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

बैंक तथा वित्तीय सस्ंथाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक मंगलबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग छलफलको क्रममा बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले वित्तीय सस्ंथाहरुको राष्ट्र बैंक निर्देशन पालना राम्रो नभएको गुनासो गरेका छन् । सोही छलफलमा डेपुटी गभर्नरहरू डा. निलम ढुङ्गाना र बमबहादुर मिश्रले कर्जा दुरुपयोग बढेको बताएका छन् । मौद्रिक नीति जारी गर्नुअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारीसँग आकस्मिक छलफल गरेका थिए ।

उक्त छलफल कार्यक्रममा ढकालले आवश्यकता भन्दा बढी कर्जा प्रवाह भएको पाइएको बताए । उनले अन्य पक्षहरूको मूल्याङ्कन नगरी स्थिर सम्पत्तिको आधारमा मात्र कर्जा प्रवाह गरिएको बताउनुभयो । राष्ट्र बैंकले तथ्याङको आधारमा दर्जन, बढी बैंकको बदमासी माथि चर्चा गरेको छन् । वित्तीय संस्थाका बदमासी मध्ये, राष्ट्र बैंकले तोकेभन्दा फरक तरिकाले ब्याज प्रिमियम तोक्ने र परिवर्तन गर्ने गरिएको अभ्यासबारे गुनासो गरिएको बुझिएको छ । यसलाई गलत अभ्यास भन्दै राष्ट्र बैंकले कारबाही गरिने चेतावनी समेत दिएको थियो ।

कतिपय कर्जाहरू आधार दर भन्दा कम ब्याजदर लगानी गरिएको छ । त्यस्तै सेवा शुल्कमा राष्ट्र बैंकको नीति बमोजिम (२० प्रतिशत भन्दा फरक हुन नहुने) नगरेको पाइएको पनि जानकारी गराइएको थियो । प्रत्येक तीन महिनामा कर्जा प्रवाह गरी नवीकरणको नाममा चार पटकसम्म सेवा शुल्क लिने गरेको राष्ट्र बैंकले फेला पारेको जानकारी गराइएको थियो । ढकालले कार्यक्रममा कर्जाको वर्गीकरण गलत प्रकारले गर्ने गरेको पाइएको बताउँदै, बैंकप्रति ग्राहकको गुनासो बढ्दै गएको बताए । त्यसकारण बैंकहरुमा नियामक निकायको अनुपालन कमजोर देखिएको उनले उल्लेख गरेका थिए ।

उहाँले कर्जा प्रवाह उल्लेख्य वृद्धि हुँदा पनि समग्र आर्थिक वृद्धिमा त्यसको असर कम देखिएको बताउँदै बैकहरुले अनुत्पादक क्षेत्रमा लगानी अभिवृद्धितर्फ लाई प्राथमिकतामा राख्नुपर्ने तर्फ सचेत गराए ।  बजारमा आवश्यकताका आधारमा कर्जा प्रवाह गर्दै अनियन्त्रित कर्जा विस्तारलाई नियन्त्रण गर्नुपर्ने पनि चुनौती रहेको भन्दै ढकालले कर्जालाई अधिकतम रूपमा उत्पादनशील क्षेत्रमा प्रवाह गरी मुलुकको समग्र विकासमा योगदान दिनुपर्ने उनको सुझाव थियो । सुपरिवेक्षणमा देखिएका कमजोरीहरूलाई तत्काल सुधार गर्न डेपुटी गभर्नरले निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया