शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

शुभेच्छा घिमिरेले क्यान्सर जस्तो प्राणघातक रोगलाई जीतेपछि यस रोबाट बच्न दैनिक खानपान र स्वच्छ जीवन शैली अपनाउनुपर्ने सन्देश मूलक पुस्तक “क्यान्सर, खानपान र म” नामक पुस्तक बजारमा ल्याएकी छिन् । शुभेच्छा, देशकै उत्कृष्ट औषधि उद्योग मध्ये विशिष्ट पहिचान बनाउन सफल एसियन फर्मास्युटिकल्स कम्पनीका प्रवर्धक शंकर घिमिरेका छोरी हुन् । यो पुस्तक उनकै, श्रवर–सारा घिमिरे प्रतिष्ठान द्धारा प्रकाशनमा ल्याइएको छ । सो पुस्तक बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम नेपाल क्यान्सर समाजलाई हस्तान्तरण गरिने घिमिरेले बताएका छन् । यस सामाजिक क्रियाकलामा सबैको सहयोग आवश्यक रहेको छ ।

क्यान्सरबाट बच्न एकसय ७६ पृष्ठको सो पुस्तक ५ खण्डमा लेखिएको छ । उनले मेरो खाना, मेरो जीवन खण्डमा विभिन्न प्रकारका स्वादिष्ट मसलाका प्राकृतिक गुणको बारेमा उल्लेख गरिएको छ । मसलाको उचित प्रयोगबाट क्यान्सरसँग लड्न सकिन्छ । उनले नेपालको पहाडी भेगमा पाइने यार्चागुम्बाको विशेषताका बारेमा उल्लेख गर्दे, यसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने गर्दछ । मसलाकै कारण विश्वमा युद्ध समेत हुने गरेको रोचक प्रसङ्ग समेटिएको छ ।

उनी बेलायतमा हुँदा सन २०१६ मा ३२ वर्षको उमेरमा, स्तन क्यान्सर भएको चिकित्सकहरूबाट पुष्टि भएपछि उनको जीवनरक्षाका लागि शल्यक्रिया गरिएको थियो । उनको जीवन त बच्यो तर त्यसपछि शुभेच्छाको जीवनशैली थप कठिन हुँदै गएको थियो । किनकि क्यान्सरका उच्च डोजका औषधि तथा ती औषधिका अन्य असरबाट जोगिन थप औषधिको सेवन गर्नुपर्ने हुन्छ । यही कारणले मनपर्ने खानेकुराबाट वञ्चित हुन पुगेकी शुभेच्छाले, क्यान्सरबाट बच्न “क्यान्सर, खानपान र म” नामक पुस्तक बजारमा ल्याइएकी हुन् ।

अक्सर्फोड विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेकी उनले, पुस्तकमा विभिन्न प्रकारका खानाका परिकारका बारेमा वर्णन गर्दे तीनको उचित प्रयोगलाई समावेश गरिएको छ । साधारण जीवनयापन बिताउने व्यक्तिलाई क्यान्सर रोगबाट ग्रस्त हुनुको कारण पत्ता नलागेको उनको पारिवारिक स्रोतले बताएका छन् । क्यान्सर रोगलाई जित्न सफल अर्का प्रसिद्ध अभिनेत्री मनीषा कोइरालाले समेत, शुभेच्छाले उक्त पुस्तकमा क्यान्ससंगको संङघर्ष गर्दाको पिडादायी क्षण उल्लेख गर्दे विजय हासिल गरेकोमा एक साहसी व्यक्तिको उदाहरण दिएकी छिन् । बेलायतमा बस्तै आएकी शुभेच्छा हाल स्तन क्यान्सरका बारेमा जनचेतना फैलाउन समर्पित छिन् ।

तपाईको प्रतिक्रिया