शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदूर पश्चिमा अवस्थित किसान समूह बिच कृषि उत्पादकत्व वृद्धिमा सोनालिका ट्याक्टर खरिदमा ऋण लगानी गरिने सम्झौता भएको बैंकले जनाएको छ । उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरूलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सोलिस र सोनालिका ट्याक्टर खरिद गर्न विपन्नवर्ग कर्जा अन्तर्गत ऋण उपलब्ध गराइने बताइएको छ । ती ग्राहकहरूलाई किसान समूहले खरिद पछि फिर्ता (Buy Back Guarantee) सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्नवर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज आलमले हस्ताक्षर गरेको बैङ्कद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया