शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

वाणिज्यमा कुरियर सेवाको विशेष स्थान रहँदै आएकोले, यस व्यवसायले दिने लजेष्टिक सेवा वाणिज्यको एक अंग बन्दै आएको छ । तर अन्तर्राष्ट्रिय कुरियर सेवामा अत्यावश्यकता स्याम्पल, पार्सल चिठी र कार्गो पारवहनमा स्तरीय दर–रेट कायम भएपनि अन्तरदेशिय तर्फ समेत त्यही अभ्यास प्रयोगमा ल्याउन एक दर अभियान सुरु गरिएको नेपाल कुरियर सेवा संघ (कोसान) का उपाध्यक्ष, संजय मंडलले बताएका छन् । यस प्रयासबाट दर–रेटमा सीमित अस्वस्थ्य प्रतिस्पर्धालाई स्तरीय सेवा स्पर्धातर्फ लैजान सहयोगी हुने उनले बताएका छन् ।

अन्तरदेशिय कुरियर सेवाका दरमा एक रुपता ल्याउन यस अघि पनि पटक–पटक प्रयास गरिए थियो । तर यस पटक कोसानमा आबद्ध कम्पनीहरू बिच व्यवसायीक एकियवद्धता भएकोले दरमा एक रुपता हुने विश्वास लिइएको छ । कुरियर व्यवसाय संस्थागत रूपमा सेवा सञ्चालन भएको करिब ३० वर्ष बितिसकेको भएपनि, उही २० वर्षे पुरानो दर–रेटमा हालसम्म सेवा उपलब्ध भएको छ, उनले “प्रति प्रश्न गर्दे, भने कम्पनीहरू कसरी सञ्चालनमा छन् म छक्क पर्छु ।”

उपाध्यक्ष, मंडलका अनुसार वित्त तथा बिमा कम्पनीका अत्यावश्यक डकुमेन्ट तत्काल दुर्गम स्थानमा पुर्याउंदा, हाल चर्को मूल्य लाग्ने हुनाले दरमा एकरूपता ल्याउन कोसान बाध्य भएको छ । कर्मचारी तलबको वार्षिक वृद्धि त्यस्तै दिनानुदिन बढ्दो पेट्रोलियम पदार्थको मूल्य तथा सरकारी करलाई थेग्न सेवा लागत अनुसार दरमा एकरूपता नभई व्यवसाय टिकाउन सकिंदैन् । अन्तरदेशिय कुरियर कम्पनीहरूले व्यवसाय पाउनका लागि मात्र दर–रेटको अस्वस्थ्य प्रतिस्पर्धामा सीमित हुँदा व्यवसायीहरू नै पलायन हुनुपरेका दर्जनौँ उदाहरण छन् । कुरियर कम्पनी खुल्ने र दरकै कारण टिक्न नसकी बन्द हुने सिलसिला नियन्त्रण हुन जरुरी छ । त्यसकारण दर–रेटको एकरूपताले आर्थिक रूपमा यसतर्फका कम्पनीहरूलाई सबल बनाइने लक्ष्य लिइएको उनले संघको धारणा प्रस्ट पारेका छन् ।

कोसान भित्र आबद्ध कम्पनीहरूमा अन्तर्राष्ट्रिय,अन्तरदेशिय र भारततर्फको वाणिज्यलाई लजेष्टिक्स सेवा दिने गरी तीनतह छन् । यी समूह मध्ये हाल अन्तरदेशिय तर्फका कम्पनीहरूबाट संघले प्रकाशित गरेको दरमा सेवा दिने प्रतिबद्धता स्वरूप रु. २५,०००– धरौटी लिएको जनाइएको छ । कोसानमा आबद्ध भएका बाहेकका कम्पनीहरूलाई समेत संघको दरमा एकरूपता अभियानमा सम्मिलित हुन उनले ,आवहन गरेका छन् । वाणिज्यका पार्सल, डकुमेन्ट र कर्मसियल कार्गोलाई कुरियरले लजेष्टिक सेवा अन्तर्गत राखेको छ । वाणिज्यमा डिजीटाइजेसनले डकुमेन्ट व्यवसाय शून्यमा झरीसकेको छ ,बाँकी पार्सल, र कर्मसियल कार्गो डेलिभरीका लागि सुगम र दुर्गम क्षेत्रका लागि न्यूनतम दर कोसानले प्रकाशित गरिसकेको छ । जस अनुसार, डकुमेन्ट तथा स्थलमार्ग भई जाने कर्मसियल कार्गो प्रति के.जीको पारवहन लागतमा नेपाल सरकार उपभोक्ता ऐन अनुसार दर तोकिएको बिजनेस वल्ड अनलाइन म्यागाजीनलाई ,उनले बताए ।

कोरोना महामारी केही मत्थर भएसँगै वाणिज्यको आकार झन् खुम्चिएकोले व्यवसाय पाउन दरको प्रतिस्पर्धा अत्यधिक वृद्धि हुँदै गएको छ । यही दरमा एकरूपता ल्याई अन्तरदेशिय कुरियर व्यवसायीलाई पलायन हुनबाट बचाउन यो अभियान सुरु गरिएको, उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया