शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

आइएमईको ईन्टरनेशनल रेमिटेन्स डे अफ फेमिलि भव्य रूपमा मनाउँदै सोही दिनका लागि जोड्दै छ नाता अफर सार्वजनिक गरेको थियो । संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई कम गर्न प्रोत्साहन स्वरूप प्रत्येक वर्ष को १६ जुनको दिनलाई विशेषरुपमा मनाउँदै आइएको छ ।

उक्त ( १६ जुन २०२२ एक दिन) का लागि, डे अफ फेमिलि रेमिटेन्सको अवसरमा सेवाग्राही मैत्री “जोड्दै छ नाता” अफर अन्तर्गत आइएमई मार्फत विदेशबाट बैंक डिपोजिट गरी रेमिटेन्स पठाउने (५) भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति रु. २२,०००– (कर बाहेक) उपलब्ध गराइने कम्पनीले जनाइएको थियो । विकासोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत बन्दै गएको छ । व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रमा मलजल हुन महत्त्वपूर्ण योगदान हुँदै आएको छ । त्यसैले संयुक्त राष्ट्र संघलको रेमिटेन्स कमाउने विश्वका नागरिकहरूको जीवन सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने उसले उद्देश्य राखेको छ ।

डे अफ फेमिलि रेमिटेन्सका अवसरमा ल्याइएको योजनामा “जोड्दै छ नाता” स्लोगान दिइएको छ । यसबाट आप्रवासी नागरिकले कमाएको रेमिटेन्स सुरक्षित ढङ्गले उसको घरपरिवारको हातसम्म पुगोस् भनी आइएमईले शुभ कामना समेत व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया