शुक्रबार, भाद्र ०३, २०७९  |  Friday, August 19, 2022

वायु सेवा सञ्चालक संघ नेपालले नागरिक उड्डयन प्राधिकरणले तोकेको आधार विमानस्थलबाट हवाईजहाज तथा हेलिकप्टरहरूको रात्री बिसान तथा सोही स्थानबाट अर्को दिनको पहिलो उडान गर्न नसकिने जनाएको छ । उड्डयन प्राधिकरणले ०५–०३–२०७९ मा पत्राचार गरी हवाईसेवा, प्रदायक कम्पनीहरूलाई १३–०३–२०७९ देखी तोकेको आधार विमानस्थलमा रात्री बिसान र अर्को दिनको पहिलो उडनलाई अनिवार्य गरिएपछि, आज एक पत्रकार सम्मेलनको आयोजना गरी सो निर्णय तत्काल खारेजीको वायु सेवा सञ्चालक संघले जोडदार माग गरेको छ ।

उक्त पत्रकार भेटघाटमा नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक कम्पनीहरुसंग छलफल नै नगरी एकपक्षीय रूपमा ल्याइएको यस नियमले नेपालको वायुसेवा प्रभावित भई निजी क्षेत्रबाट उड्डयन सहजीकरणको लागि गरिएको ठुलो लगानी डुब्ने भएकोले, यस नियमलाई बदनियत र स्वेच्छाचारी भनिएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा नेपालका वायुसेवा कम्पनीहरूले उच्च जोखिम लिई, देशको कढिन भौगोलिक स्थितिको सामना गर्दे, सीमित बजार, मानव स्रोत तथा वित्तीय साधनको प्रयोग गर्दे विपद् तथा उद्धार लगायतका सेवा दिँदै आएकोमा यस नियमबाट हवाईसेवामा उत्पन्न हुने जटिल परिस्थितिको जिम्मेवार स्वयम नागरिक उड्डयन प्राधिकरण हुनेछ ।

कोभिडले आक्रान्त अर्थतन्त्र बिच राज्यबाट वायु सेवा उद्योगका लागि हालसम्म विशेष राहत प्याकेज दिन सकेको छैन । यस असहज स्थितिमा समेत हवाई उडनमा यात्रु सुरक्षाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको अनुसरण हुँदै, वायु सेवा कम्पनीहरूबाट निरन्तर सेवा दिइएको छ ।

वायु सेवा सञ्चालक संघले आधार विमानस्थल सहित अन्य मागलाई समेटेको छ । जसमा विमानस्थल सेवा शुल्क २०७८ हटाउनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै उड्डयन प्राधिकरणले, युरोपियन एभियसन सेफटी एजेन्सीको सुचीबाट नेपाललाई हटाउनु पर्ने लगायतका बुँदा राखिएको छ । युरोपियन एभियसन सेफटी एजेन्सीको सुचीमा नेपाल परेकोले, कोरोनाको त्रास सकिए पनि नेपाल भित्रिने पर्यटकको सख्ंयामा वृद्धि हुन नसकेको संघले बताएको छ ।

तपाईको प्रतिक्रिया