
आइएमई पे वालेट मार्फत उडान टिकट खरिदमा यात्रुवर्गले, “उच्च तापक्रममा उच्चतम छुट” आइएमइ समूहद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडले प्रवर्द्धन गर्दे आएको आइएमई पे वालेट मार्फत, यात्रुवर्गले मंगलवार र शनिवारको दिन दिउँसो ३ देखि ४ बजे सम्मको टिकट खरिदमा दैनिक, सर्वाधिक क्यास ब्याकका साथै थप रु.३०० बोनस पाउने मौका पाइने अफर ल्याएको कम्पनीले जनाएको छ । “उच्च तापक्रममा उच्चतम छुट” को यो योजनामा आइएमई पे वालेट प्रयोगकर्ताहरूले अन्य पे–वालेटको दाँजोमा उच्च मुनाफा बटुल्न सक्ने कम्पनीको दाबी छ ।
सप्ताहको २ दिन (मंगलवार र शनिवार) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरूलाई प्रदान गर्ने यस कम्पनीले प्रस्ट पारेको छ । असार ७ गते देखि शुरु भएको यो अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।